+
+
Shares

स्याङ्जाको बिरुवा गाउँपालिकामा भोलि सार्वजनिक बिदा

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक ८ गते ७:१७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • स्याङ्जाको बिरुवा गाउँपालिकाले मनकामना मन्दिरमा लाग्ने कोजाग्रत पूर्णिमा मेलाका अवसरमा ९ कात्तिकमा सार्वजनिक बिदा दिएको छ।
  • गाउँपालिकाभित्रका सबै सरकारी कार्यालय, सार्वजनिक संघसंस्था, शिक्षण संस्था र बैंक तथा वित्तीय संस्था बन्द रहनेछन्।
  • गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर कुँवरका अनुसार प्रमुख धार्मिक आस्थाको केन्द्र मनकामना मन्दिरमा पूर्णिमा मेला लाग्ने भएकाले बिदा दिने निर्णय गरिएको हो।

८ कात्तिक, स्याङ्जा । स्याङ्जाको बिरुवा गाउँपालिकाले सोमबार सार्वजनिक बिदा दिएको छ ।

मनकामना मन्दिरमा लाग्ने कोजाग्रत पूर्णिमा मेलाका अवसरमा गाउँपालिकाले सार्वजनिक बिदा दिएको हो ।

गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर कुँवरका अनुसार ९ कात्तिकमा गाउँपालिकाभित्रका सबै सरकारी कार्यालय, सार्वजनिक संघसंस्था र शिक्षण संस्था बन्द रहनेछन् ।

गाउँपालिका क्षेत्रभित्र रहेका बैंक तथा वित्तीय संस्थामा पनि सार्वजनिक बिदा दिइएको छ ।

बिरुवा गाउँपालिकाको प्रमुख धार्मिक आस्थाको केन्द्र मनकामना मन्दिरमा कोजाग्रत पूर्णिमाका अवसरमा पूर्णिमा मेला लाग्ने भएकाले बिदा दिने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष कुँवरले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?