+
+
Shares

साउदीका तेल प्रशोधन केन्द्र र विमानस्थलमा आक्रमण गरेको हुथी विद्रोहीको दाबी

हुथी प्रवक्ता याह्या सरीले आफ्नो पछिल्लो बयानमा समूहले साउदी अरबका धेरै रणनीतिक तथा महत्त्वपूर्ण ठिकानाहरूमा हमला गरेको बताएका हुन्।

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक ८ गते ८:१८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • हुथी विद्रोहीहरूले साउदी अरबको इस्ट–वेस्ट तेल पाइपलाइन, यान्बुस्थित अरामको प्रशोधन केन्द्र र रियादको किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा आक्रमण गरेको दाबी गरेका छन्।
  • उनीहरूले दम्मामको किङ फहद अन्तर्राष्ट्रिय विमानस्थल, नज्रान विमानस्थल र खमिस मुसैतको सैन्य एयरबेसलाई पनि निशाना बनाइएको बताएका छन्।
  • साउदी रक्षा मन्त्रालयले हावामै नष्ट गरिएका दुई ब्यालिस्टिक मिसाइलका भग्नावशेष मक्काको वादी अल-मुग्मास क्षेत्रमा खसेको र जेद्दा, ताइफ तथा राबिगमा टुक्रा भेटिएको जनाएको छ।

८ कात्तिक, काठमाडौं । यमनका हुथी विद्रोहीहरूले साउदी अरबको इस्ट-वेस्ट तेल पाइपलाइन तथा विभिन्न विमानस्थलहरूलाई निशाना बनाएर आक्रमण गरेको दाबी गरेका छन्।

हुथी प्रवक्ता याह्या सरीले आफ्नो पछिल्लो बयानमा समूहले साउदी अरबका धेरै रणनीतिक तथा महत्त्वपूर्ण ठिकानाहरूमा हमला गरेको बताएका हुन्।

उनका अनुसार आक्रमण गरिएका स्थानहरूमा यान्बुस्थित साउदी अरामकोको तेल प्रशोधन केन्द्र (फेसिलिटी), राबिग तेल रिफाइनरी र रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थल रहेका छन्।

हुथी प्रवक्ताले दम्मामस्थित किङ फहद अन्तर्राष्ट्रिय विमानस्थल, नज्रान विमानस्थल र खमिस मुसैतको एक सैन्य एयरबेसलाई पनि निशाना बनाइएको दाबी गरेका छन्।

यद्यपि, हुथी विद्रोहीका यी दाबीहरूबारे साउदी अरब सरकारका तर्फबाट अहिलेसम्म कुनै आधिकारिक प्रतिक्रिया आएको छैन।

यसैबीच, साउदी अरबको रक्षा मन्त्रालयले हुथी विद्रोहीहरूले हानेका र हावामै नष्ट गरिएका दुईवटा ब्यालिस्टिक मिसाइलको भग्नावशेष मक्काको वादी अल-मुग्मास क्षेत्रमा खसेको जनाएको छ।

मन्त्रालयका अनुसार ती मिसाइलका टुक्राहरू जेद्दा, ताइफ र राबिग क्षेत्रमा पनि फेला परेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?