News Summary
Generated by OK AI. Editorially reviewed.- कैलाली प्रहरीले मोबाइल र मोटरसाइकल चोरीमा संलग्न रहेको आरोपमा टीकापुरबाट पाँच जनालाई पक्राउ गरेको छ।
- टीकापुरका अमित तिमिल्सिना र धिरेन्द्र शाहीबाट विभिन्न कम्पनीका ५ थान मोबाइल बरामद गरिएको प्रहरीले जनाएको छ।
- टीकापुरमा भारतीय नम्बर प्लेटको मोटरसाइकल चोरी गरेको आरोपमा आकाश बिष्ट, भिम बराल र नरेश रावल पक्राउ परेका छन्।
८ कात्तिक, धनगढी । कैलाली प्रहरीले मोबाइल र मोटरसाइकल चोरीमा संलग्न रहेको आरोपमा पाँच जनालाई पक्राउ गरेको छ ।
प्रहरीले चोरीका मोबाइल र मोटरसाइकलसहित उनीहरूलाई पक्राउ गरी थप अनुसन्धान अघि बढाएको हो ।
जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) योगेन्द्र तिमिल्सिनाले टीकापुर क्षेत्रमा विभिन्न व्यक्तिका मोबाइल चोरीमा संलग्न भएको आरोपमा दुई जनालाई पक्राउ गरिएको जानकारी दिए ।
पक्राउ पर्नेमा टीकापुर नगरपालिका–१ एकतानगर बस्ने २४ वर्षीय अमित तिमिल्सिना र धिरेन्द्र शाही रहेको तिमिल्सिनाले बताए ।
उनीहरूको साथबाट विभिन्न कम्पनीका ५ थान मोबाइल बरामद गरिएको छ ।
यस्तै, टीकापुरमै मोटरसाइकल चोरी गरेको आरोपमा थप तीन जनालाई पक्राउ गरिएको छ ।
टीकापुर नगरपालिका–१ एकतानगर बस्ने धनबहादुर साउँदको घरअगाडि पार्किङ गरी राखेको भारतीय नम्बर प्लेटको मोटरसाइकल (ग्प्०६–द्यन् २९६८) चोरी भएको थियो ।
खोजतलासका क्रममा प्रहरीले मोटरसाइकल चोरीमा संलग्न रहेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा टीकापुर नगरपालिका–१ नयाँ टीकापुर बस्ने २० वर्षीय आकाश बिष्ट, एकतानगर बस्ने २४ वर्षीय भिम बराल र २४ वर्षीय नरेश रावल रहेका छन् ।
प्रहरीका अनुसार उनीहरूले मोटरसाइकल चोरी गरी लुकाइछिपाइ राखेको अवस्थामा फेला पारिएको हो ।
पक्राउ परेका व्यक्तिहरूलाई कैलाली जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
प्रतिक्रिया 4