+
+
Shares

दसैं सकिएसँगै सस्तियो कुखुरा मासु, यस्तो छ नयाँ मूल्य

मूल्य घट्नुको मुख्य कारण बजारमा मासु खपतमा आएको कमीलाई मानिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक ८ गते १७:४०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • दसैं सकिएपछि काठमाडौंमा जिउँदो कुखुराको भाउ प्रतिकिलो १० रुपैयाँ घटेर २ सय ८० रुपैयाँ कायम गरिएको छ।
  • राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले तयारी मासुको भाउ पनि प्रतिकिलो १५ रुपैयाँ घटाएर ३ सय ८५ रुपैयाँ तोकेको छ।
  • उपत्यकामा मानिसको उपस्थिति कम र मासु खपत घटेकाले मूल्य समायोजन गर्नुपरेको संघले जनाएको छ।

८ कात्तिक, काठमाडौं । दसैं सकिए लगत्तै काठमाडौंमा कुखुरा मासुको भाउमा गिरावट आएको छ ।

राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले भोलि सोमबारदेखि लागु हुने गरी जिउँदो कुखुरा र तयारी मासु दुवैको भाउ घटाएको हो ।

संघका अनुसार जिउँदो कुखुराको भाउ प्रतिकिलो १० रुपैयाँ घटेको छ । दसैंअघि प्रतिकिलो २ सय ९० रुपैयाँमा बिक्री भइरहेको जिउँदो कुखुराको भाउ अब २ सय ८० रुपैयाँ कायम गरिएको छ ।

त्यसैगरी तयारी मासुको भाउ पनि प्रतिकिलो १५ रुपैयाँले सस्तिएको छ । यसअघि ४ सय रुपैयाँमा बिक्री हुँदै आएको तयारी मासु ३ सय ८५ रुपैयाँ तोकिएको संघले जनाएको छ ।

मूल्य घट्नुको मुख्य कारण बजारमा मासु खपतमा आएको कमीलाई मानिएको छ । संघका अनुसार दसैंको समयमा कुखुराको तुलनामा खसीबोकाको मासु बढी प्रयोग हुने गर्छ ।

यसका साथै चाडपर्व मनाउन काठमाडौं उपत्यका बाहिर गएका अधिकांश मानिस अझै फर्किसकेका छैनन् । उपत्यकामा मानिसहरूको उपस्थिति कम हुँदा समग्रमा मासुको माग र खपत घटेकाले मूल्य समायोजन (घटाउनु) परेको संघको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?