News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले शुक्रबारदेखि लागु हुने गरी कुखुराको मासुको मूल्यमा वृद्धि गरेको छ ।
- जिउँदो कुखुराको मूल्य प्रतिकिलो १० रुपैयाँले बढेर २ सय ४० रुपैयाँ पुगेको छ ।
- तयारी कुखुराको मासुको मूल्य ३ सय १५ रुपैयाँबाट बढेर ३ सय ३० रुपैयाँ कायम भएको छ ।
२२ साउन, काठमाडौं । साउनमा लगातार कुखुराको मासुको मूल्य उकालो लागेको छ । राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघका अनुसार आज शुक्रबारदेखि लागु हुने गरी फेरि मूल्य बढाइएको हो ।
यसअघि प्रतिकिलो २ सय ३० रुपैयाँ रहेको जिउँदो कुखुराको मूल्य १० रुपैयाँले बढाएर २ सय ४० पुर्याइएको छ ।
यस्तै तयारी कुखुरा मासुको मूल्य पनि बढेको छ । तयारी मासुको मूल्य ३ सय ३० रुपैयाँ पुगेको संघले बताएको छ । यसअघि तयारी मासु प्रतिकिलो मूल्य ३ सय १५ रुपैयाँ थियो।
पशुसेवा विभागले १ साउनदेखि बर्डफ्लुको संक्रमण नदेखिएको बताएको छ । बर्डफ्लु संक्रमण हटेसँगै कुखुरा मासुको मूल्य बढ्न थालेको हो । व्यापारीहरूले रोगका कारण धेरै कुखुरा मरेको र यसले उत्पादन घटेको भन्दै मूल्य बढाइरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4