+
+
Shares

प्रधानमन्त्री बालेनले सार्वजनिक गरे चौमासिक प्रगति विवरण

३ महिनामा २१ वटा मन्त्रिपरिषद् बैठक, निर्णय ३८४ 

मन्त्रिपरिषद्का बैठक र निर्णयहरूबारे लेखिएको छ, ‘२०८३ साल वैशाख १ गतेदेखि असार मसान्तसम्म २१ वटा मन्त्रिपरिषद् बैठक बसी ३८४ वटा निर्णयहरू भएको ।’

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २२ गते १३:२८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रधानमन्त्री बालेन शाहले आफ्नो कार्यकालको चौमासिक प्रगति विवरण सार्वजनिक गर्नुभएको छ ।
  • गत वैशाखदेखि असारसम्मको अवधिमा २१ वटा मन्त्रिपरिषद् बैठक बसी ३८४ वटा निर्णयहरू भएका छन् ।
  • सरकारले शून्य बाँकी फाइल अभियान सञ्चालन गर्न सबै मन्त्रालय र स्थानीय तहहरूमा मार्गदर्शन पत्राचार गरेको छ ।

२२ साउन, काठमाडौं । प्रधानमन्त्री बालेन शाहले चौमासिक प्रगति विवरण सार्वजनिक गरेका छन् ।

उनी १३ चैत २०८२ मा प्रधानमन्त्री बनेका थिए ।

सूचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ५ तथा सूचनाको हक सम्बन्धी नियमावली २०६५ को नियम ३ बमोजिम तयार गरी चौमासिक प्रतिवेदन सार्वजनिक गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

चौमासिक प्रतिवेदन भए पनि यसमा वैशाख, जेठ र असार तीन महिनामा भएका कामहरूको विवरण मात्रै छ ।

जसमा कार्यालयको स्वरूप र प्रकृति, कार्यालयको काम, कर्तव्य र अधिकार, कार्यालयमा रहेका कर्मचारी विवरण समावेश छ । साथै, प्रधानमन्त्री कार्यालयले गरेका मुख्य कामको विवरण पनि राखिएको छ ।

मन्त्रिपरिषद्का बैठक र निर्णयहरूबारे लेखिएको छ, ‘२०८३ साल वैशाख १ गतेदेखि असार मसान्तसम्म २१ वटा मन्त्रिपरिषद् बैठक बसी ३८४ वटा निर्णयहरू भएको ।’

यस अवधिमा मन्त्रिपरिषद्का विभिन्न समितिको ८ वटा बैठक सम्पन्न भई १२ वटा निर्णयहरू भएको पनि विवरण छ ।

नेपाल सरकार (कार्यविभाजन) नियमावली, २०८३ को तर्जुमा गरी कार्यान्वयनमा ल्याइएको, शून्य बाँकी फाइल अभियान सञ्चालन गराउने व्यवस्थाका लागि मार्गदर्शन सबै मन्त्रालय/निकाय/ आयोग र स्थानीय तहहरूमा पत्राचार गरी एकीकृत प्रगति प्रतिवेदन माग गरिएको पनि उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?