+
+
Shares

उदयपुरमा स्कुटरको ठक्करबाट पैदलयात्रीको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक ८ गते १८:०४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • उदयपुरको त्रियुगा नगरपालिका–११ संगम टोलमा स्कुटरको ठक्करबाट पैदलयात्री ५२ वर्षीय राम बहादुर कार्कीको मृत्यु भएको छ।
  • ईनार चोकबाट पिपलचोकतर्फ आउँदै गरेको प्र.३–०२–०१२ प ४८२२ नम्बरको स्कुटरले उनलाई ठक्कर दिएको प्रहरीले जनाएको छ।
  • गम्भीर घाइते कार्कीको जिल्ला अस्पताल उदयपुरमा उपचारका क्रममा मृत्यु भएको र चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

८ कात्ति, काठमाडौं । उदयपुरमा स्कुटरको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।

त्रियुगा नगरपालिका–११ संगम टोलस्थित सडकमा ईनार चोकबाट पिपलचोकतर्फ आउँदै गरेको प्र.३–०२–०१२ प ४८२२ नम्बरको स्कुटरको ठक्करबाट पैदलयात्री मृत्यु भएको हो ।

मृत्यु हुनेमा सोही ठाउँ बस्ने ५२ वर्षीय राम बहादुर कार्की रहेका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल उदयपुरमा उपचारको क्रममा मृत्यु भएको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।

स्कुटर चालकलाई नियन्त्रणमा लिइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?