९ कात्तिक, काठमाडौं । प्रहरीले पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकाबाट मात्रै ११८ जनालाई नियन्त्रण लिएको छ ।
काठमाडौंबाट मात्रै ९९ जना, भक्तपुरबाट १७ जना र ललितपुरबाट २ जनालाई नियन्त्रणमा लिइएको काठमाडदं उपत्यका प्रहरी कार्यालयले जनाएको छ ।
उनीहरुमाथि विभिन्न कसुरमा अनुसन्धान भइरहेको कार्यालयको भनाइ छ ।
यस्तै उपत्यकामा सोही अवधिमा ५१४ जना चालकलाई प्रहरीले नियन्त्रणमा लिएर कारबाही गरेको छ ।
मादक पदार्थ सेवन गरेर सवारी चलाउने ६४ जना, लागुपदार्थ सेवन गर्ने २ जना, तीव्र गतिमा सवारी चलाउने ४० जना, रातो बत्तिको उल्लंघन गर्ने २१ जना रहेका छन् भने बाँकी अन्य ट्राफिक नियम उल्लंघन गर्नेहरु रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4