News Summary
Generated by OK AI. Editorially reviewed.- इलामको देउमाई नगरपालिका–१ चमैतास्थित चौरीबजार जाँदै गरेको जिप अनियन्त्रित भई सडकबाट खस्दा चालक २१ वर्षीय विपिन दियालीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
- जिल्ला प्रहरी कार्यालय इलामले दुर्घटनाबारे अनुसन्धान सुरु गरेको प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए।
९ कात्तिक, इलाम । इलाममा आज बिहान जिप दुर्घटना भएको छ ।
दुर्घटनामा चालकको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार देउमाई नगरपालिका–१ चमैतास्थित चौरीबजार जाँदै गरेको जिप आफैँ अनियन्त्रित भई सडकबाट खसेर दुर्घटनामा परेको हो ।
दुर्घटनमा बोलेरोका चालक देउमाई नगरपालिका–१ चमैताका २१ वर्षीय विपिन दियालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।
घटनाको सम्बन्धमा अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4