+
+
Shares

सुन तोलामा ३ हजार बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक ९ गते ११:२२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सोमबार सुनको मूल्य तोलामा ३ हजार रुपैयाँ बढेर २ लाख ८१ हजार ५ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
  • अघिल्लो दिन सुन प्रतितोला २ लाख ७८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो भने दशैंअघि २ लाख ९० हजार २ सय रुपैयाँ थियो।
  • चाँदीको मूल्य पनि तोलामा ४० रुपैयाँ बढेर ३ हजार ९९५ रुपैयाँ कायम भएको छ।

९ कात्तिक, काठमाडौं । सोमबार सुनको मूल्य तोलामा ३ हजार रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला २ लाख ८१ हजार ५ सय रुपैयाँ तय गरेको छ ।

अघिल्लो दिन २ लाख ७८ हजार ५ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।

दशैंपछि भने सुनको मूल्य तोलामा ८ हजार ७ सय रुपैयाँ सस्तो हो । दशैंअघि गत सोमबार सुनको मूल्य २ लाख ९० हजार २ सय रुपैयाँ थियो ।

त्यस्तै चाँदी आज तोलामा ४० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ३ हजार ९५५ रुपैयाँ रहेको चाँदी आज ३ हजार ९९५ रुपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?