+
+
Shares

उदयपुरमा जिप दुर्घटना, १५ जना घाइते

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक ९ गते १३:३५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • उदयपुरको कटारी नगरपालिका–४ मरुवास्थित सिद्धिचरण राजमार्गमा सोमबार बिहान ब्रेक फेल भएर जिप सडकबाट करिब १० मिटर तल खस्दा १५ जना घाइते भएका छन्।
  • घाइतेलाई उद्धार गरी कटारी अस्पताल पठाइएको छ, र ७१ वर्षीय रामबहादुर मगरलाई थप उपचारका लागि विराटनगर पठाइएको प्रहरीले जनाएको छ।
  • दुर्घटनामा कटारी नगरपालिका–११ का २९ वर्षीय निर्पबहादुर खड्का सामान्य घाइते भएका छन् भने प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

९ कात्तिक, काठमाडौं । उदयपुरको कटारी नगरपालिका–४, मरुवास्थित सिद्धिचरण राजमार्गमा सोमबार बिहान जिप दुर्घटना हुँदा १५ जना घाइते भएका छन्।

प्र.३–०१–०२३ च ६५०६ नम्बरको जिप ब्रेक फेल भई सडकबाट करिब १० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी घाइते भएकाहरूको उद्धार गरी उपचारका लागि कटारी अस्पताल पठाइएको छ ।

प्रहरीका अनुसार घाइतेमध्ये उदयपुरको कटारी नगरपालिका-२ का ७१ वर्षीय रामबहादुर मगरलाई भने थप उपचारका लागि विराटनगर पठाइएको छ ।

दुर्घटनामा परी कटारी नगरपालिका-११ का २९ वर्षीय निर्पबहादुर खड्का सामान्य घाइते भएका छन् ।

दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?