News Summary
Generated by OK AI. Editorially reviewed.- सार्वजनिक भएको एक महिनामै स्वप्न सुमन, ज्योत्सना योगी, मिरुना मगर, आना शर्मा र जसिता गुरुङले चांगान नेभो क्यू ०५ विद्युतीय एसयूभी खरिद गरेका छन्।
- कम्पनीले कलाकारहरूको रोजाइले नेभो क्यू ०५ को बजार पहिचान र नयाँ पुस्तासँग मेल खाने आकर्षण बढेको जनाएको छ।
- कम्पनीका अनुसार नेभो क्यू ०५ मा २ हजार ७३५ मिलिमिटर ह्विलबेस, १२० किलोवाट मोटर र १५ मिनेटमा ३० देखि ८० प्रतिशत चार्ज हुने ब्याट्री सुविधा छ।
९ कात्तिक, काठमाडौं । सार्वजनिक भएको एक महिनामै चांगान नेभो क्यू ०५ नेपाली मनोरञ्जन क्षेत्रका चर्चित व्यक्तित्वहरूको रोजाइमा पर्न थालेको छ।
गायक स्वप्न सुमन तथा अभिनेत्रीहरू ज्योत्सना योगी, मिरुना मगर, आना शर्मा र जसिता गुरुङले यो विद्युतीय एसयूभी खरिद गरेसँगै गाडीप्रति थप चासो बढेको कम्पनीले जनाएको छ।
आफ्नो प्रतिभा र विशिष्ट पहिचानमार्फत दर्शकमाझ परिचित यी कलाकारहरूको छनोटले चांगान नेभो क्यू ०५ को बजार पहिचानलाई थप बल पुगेको कम्पनीको भनाइ छ। ‘उनीहरूको रोजाइले गाडीको ए क्लास अबभ अर्थात् आफ्नो श्रेणीभन्दा एक कदम माथि भन्ने नारालाई बल दिएको छ’ कम्पनीले विज्ञप्तिमा भनेको छ ।
भावपूर्ण गीतका लागि परिचित गायक तथा गीतकार स्वप्न सुमन र अभिनेत्री एवम् मोडल ज्योत्सना योगीले नेभो क्यू ०५ रोजेका छन्। त्यस्तै, ‘कबड्डी ४’ लगायतका चलचित्रमा अभिनय गरेकी मिरुना मगरले पनि यो विद्युतीय एसयूभी खरिद गरेकी छन्। ‘जेरी’ बाट नेपाली चलचित्रमा प्रवेश गरेकी आना शर्मा र ‘लिलिबिली’ बाट अभिनय यात्रा सुरु गरेकी जसिता गुरुङ पनि नेभो क्यू ०५ का ग्राहक बनेका छन्।
कलाकारहरूको रोजाइले आधुनिक डिजाइन, आरामदायी यात्रा र नयाँ पुस्ताको जीवनशैलीसँग मेल खाने विद्युतीय सवारीसाधनप्रति बढ्दो आकर्षणलाई प्रतिबिम्बित गरेको कम्पनीको भनाइ छ।
फराकिलो भित्री भाग र आधुनिक डिजाइन
चांगान नेभो क्यू ०५ मा बाहिरी आकार तुलनात्मक रूपमा छरितो भए पनि २ हजार ७३५ मिलिमिटरको ह्विलबेस र ८६.६ प्रतिशत भित्री स्थान उपयोगको विशेषता रहेको कम्पनीले जनाएको छ। यसले यात्रुका लागि फराकिलो क्याबिन उपलब्ध गराउने कम्पनीको दाबी छ।
गाडीको डिजाइन चांगानका ग्लोबल डिजाइन उपाध्यक्ष तथा फक्सवागन समूहका पूर्व डिजाइन प्रमुख क्लाउस जिकोराको नेतृत्वमा विकास गरिएको हो। सन्तुलित बनावट, ‘डिजिटल विङ २.०’ प्रकाश प्रणाली र आंशिक रूपमा लुकाइएका ढोकाका ह्यान्डलले यसको बाहिरी रूपलाई विशिष्ट बनाएका छन्।
ब्याट्री र प्रविधिमा जोड
प्रविधिका हिसाबले नेभो क्यू०५ मा सीएटीएलका ब्याट्री सेलसँगै चांगानको ‘गोल्डेन शिल्ड ब्याट्री २.०’ प्रविधि प्रयोग गरिएको कम्पनीले जनाएको छ। उपयुक्त चार्जिङ पूर्वाधार र परिस्थितिमा ब्याट्रीलाई करिब १५ मिनेटमा ३० प्रतिशतबाट ८० प्रतिशतसम्म चार्ज गर्न सकिने कम्पनीको दाबी छ।
यसमा १२० किलोवाट क्षमताको विद्युतीय मोटर, १४.६ इन्चको टचस्क्रिन तथा ताररहित स्मार्टफोन कनेक्टिभिटीलगायतका सुविधा उपलब्ध छन्।
प्रतिक्रिया 4