+
+
Shares

ग्लोबल आईएमई लगातार तेस्रो पटक ‘बेस्ट बैंक अवार्ड’बाट सम्मानित

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक ९ गते १४:०६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ग्लोबल आईएमई बैंक प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ग्लोबल फाइनान्सको ‘बेस्ट बैंक अवार्ड’ २०२६ बाट सम्मानित भएको छ।
  • बैंकले सन् २०२४ र २०२५ पछि लगातार तेस्रो वर्ष सोही अवार्ड पाएको हो।
  • थाइल्यान्डको बैंककमा आयोजित समारोहमा ग्लोबल फाइनान्सका प्रतिनिधिले नायव प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल र दिपचन्द्र रेग्मीलाई अवार्ड हस्तान्तरण गरे।

९ कात्तिक, काठमाडौं । ग्लोबल आईएमई बैंक प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’ द्वारा प्रदान गरिने ‘बेस्ट बैंक अवार्ड’ २०२६ बाट सम्मानित भएको छ।

योसँगै बैंक लगातार तेस्रो वर्ष ग्लोबल फाइनान्स म्यागजिनको बेस्ट बैंक अवार्डबाट सम्मानित भएको हो । ग्लोबल आईएमई बैंकले सन् २०२४ र २०२५ मा पनि सोही विधामा ग्लोबल फाइनान्सको उक्त अवार्ड प्राप्त गरेको थियो।

थाइल्यान्डको राजधानी बैंककमा आयोजित एक विशेष समारोहमा ग्लोबल फाइनान्सका प्रतिनिधिले बैंकका नायव प्रमुख कार्यकारी अधिकृत द्वय सुमन पोखरेल र दिपचन्द्र रेग्मीलाई उक्त अवार्ड हस्तारण गरे ।

ग्लोबल फाइनान्सले वित्तीय स्रोत परिचालनको क्षमता, संस्थागत विश्वसनीयता, भौगोलिक तथा डिजिटल पहुँच विस्तार, रणनीतिक व्यवसायिक साझेदारी, ग्राहकमैत्री नवप्रवर्तन, अत्याधुनिक प्रविधि तथा कृत्रिम बौद्धिकता (एआई)को सफल प्रयोग, दिगो कर्जा प्रवाह एवम् सबल जोखिम व्यवस्थापनलाई मुख्य आधार मानेर बैंकलाई पुरस्कृत गरेको जनाएको छ ।

समारोहमा एसिया–प्रशान्त क्षेत्रसहित विश्वभरका प्रमुख वित्तीय संस्थाहरुलाई समेत पुरस्कृत गरिएको थियो । जसमा हङकङको बैंक अफ चाइना, भारतको स्टेट बैंक अफ इन्डिया, चीनको आईसीबीसी, नेपालको ग्लोबल आईएमई बैंक, मलेसियाको यूओबी, बङ्लादेशको सिटी बैंक, जापानको एमयूएफजी बैंकलगायत छन् ।

यस सम्मानले  बैंकलाई थप उत्कृष्ट सेवा प्रदान गर्न प्रोत्साहित गरेको नायव प्रमुख कार्यकारी अधिकृत पोखरेलले बताए । ग्लोबल आईएमई बैंक ग्लोबल फाइनान्सको यस प्रतिष्ठित अवार्डबाट सम्मानित हुने पहिलो नेपाली बैंक हो । ग्लोबल फाइनान्सले विश्वका उत्कृष्ट केन्द्रिय बैंक र वाणिज्य बैंकलाई यो प्रतिष्ठित अवार्ड प्रदान गर्ने गर्दछ ।

यस अवार्डको साथै आधुनिक प्रविधि र उत्कृष्ट ग्राहक सेवाका कारण विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विधामा सम्मानित हुँदै आएको ग्लोबल आईएमई बैंकले ‘बैंक अफ द इयर २०१४’, ‘बेस्ट इन्टरनेसनल बैंक २०१६’, तथा सन् २०२४, २०२५ र २०२६ मा लगातार ‘बेस्ट बैंक नेपाल’ को उपाधि प्राप्त गरिसकेको छ । यस्तै बैंकले युरोमनी अवार्ड फर एक्सिलेन्स २०२२, २०२४ र २०२५, बेस्ट बैंक ईएसजी नेपाल २०२४ र बेस्ट इम्प्लोयर जस्ता प्रतिष्ठित पुरस्कारहरू समेत प्राप्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?