+
+
Shares

कञ्चनपुरमा १० लाखको अवैध सामान बरामद, ३ जना पक्राउ

कञ्चनपुरमा प्रहरीले १० लाख रुपैयाँभन्दा बढीको अवैध सामान बरामद गरेको छ भने तीन जनालाई पक्राउ गरेर कारबाही प्रक्रिया अघि बढाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक १० गते ८:११

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कञ्चनपुरमा प्रहरीले आइतबार र सोमबार १० लाख ४९ हजार ३८५ रुपैयाँ बराबरको अवैध सामान बरामद गरेर भन्सार कार्यालय बुझाएको छ।
  • अवैध सामान ओसारपसारमा संलग्न भएको आरोपमा प्रहरीले भीमदत्त नगरपालिका–१८ को कारागार रोडबाट तीन जनालाई पक्राउ गरेको छ।
  • पक्राउ परेकाको साथबाट भारतीय नम्बरको मोटरसाइकलसहित चेक स्पोकेट, ब्रेक र प्लाष्टिक बरामद गरिएको प्रहरीले जनाएको छ।

१० कात्तिक, धनगढी । कञ्चनपुरमा प्रहरीले १० लाख रुपैयाँभन्दा बढीको अवैध सामान बरामद गरेको छ भने तीन जनालाई पक्राउ गरेर कारबाही प्रक्रिया अघि बढाएको छ ।

आइतबार र सोमबार गरेर प्रहरीले १० लाख ४९ हजार ३८५ बराबरको अवैध सामान बरामद गरेर कारबाहीका लागि भन्सार कार्यालय बुझाइएको जनाएको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीकाअनुसार प्रदेश र जिल्लाको संयुक्त टोलीले आइतबार मात्र पाँच लाख १७ हजारको सामान बरामद गरेको थियो । साइकलका पाटपुर्जा, ट्युब, मिठाइ, मोटरसाइकल, माछा र पेय पदार्थ बरामद गरिएको हो ।

यस्तै, तीन लाख ७४ हजार २२५ बराबरका कपडा, खाद्यान्न र किरानाका सामान पनि बरामद गरिएको छ । सोमबार भने अवैध सामान ओसारपसारमा संलग्न भएको आरोपमा तीन जनालाई पक्राउ गरिएको छ ।

प्रदेश प्रहरी कार्यालय र जिल्लाको संयुक्त टोलीले भीमदत्त नगरपालिका–१८ को कारागार रोडबाट एक लाख ५७ हजार बराबरको अवैध सामानसहित उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भीमदत्त नगरपालिका–२ बस्ने ५० वर्षीय लप्टन चौधरी, ११ बस्ने किसनदत्त जोशी र वडा नं.१७ बस्ने लबराज चटौत रहेको प्रहरीले जनाएको छ ।

उनीहरूको साथबाट भारतीय नम्बरको एउटा मोटरसाइकल, चेक स्पोकेट, ब्रेक र प्लाष्टिक बरामद गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?