+
+
Shares

ओशो तपोवनमा ज्ञानेन्द्र शाही, कहाँ थिए, कहाँ पुगे ?

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक १० गते ८:३१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ज्ञानेन्द्र शाहीले कलेजी रङको वस्त्र लगाएर ओशो तपोवन पुगेपछि ‘जीवन र जिन्दगीभन्दा केही पर । अनजानजस्तै एउटा संसार ।’ भनेर लेखेका छन् ।
  • आध्यात्म, योग, ध्यान र साधनाको थलो ओशो तपोवन पुगेर उनले शान्ति र एकान्तको अनुभूति गरेको संकेत गरेका छन् ।
  • उनको तस्बिर र लेखाइप्रति धेरैले सामाजिक सञ्जालमा गाली गरेको लेखमा उल्लेख छ ।

उल्लिखित शीर्षकमा ‘कहाँ थिए, कहाँ पुगे’ भन्दा अलि अतिरञ्जित सुनिएला । यद्यपि, त्यो उनको अनुभूतिलाई सम्बोधन गर्न खोजिएको हो । किनभने कलेजी रङको वस्त्र धारण गरेर आफ्नो सिग्नेचर मुस्कानसहित ज्ञानेन्द्र शाहीले लेखेका छन्, ‘जीवन र जिन्दगीभन्दा केही पर । अनजानजस्तै एउटा संसार ।’

‘अनजानजस्तै एउटा संसार’ भनी उनले ओशो तपोवन पुगेपछि आफ्नो अनुभूति व्यक्त गरेका हुन् । अध्यात्म, योग, ध्यान र साधनाको थलोमा पुगेर उनले किन त्यसो भने होलान् ? यो प्रश्नको जवाफ खोज्न कठिन छैन । किनभने उनी धेरै सांसारिक र अलिकति तामसिक जीवनमा रमाइरहेका मान्छे हुन् ।

किनभने उनी राजनीतिकर्मी हुन्, जसलाई सांसारिक जीवनबाट हत्तपत्त मुक्ति मिल्दैन । आफ्नो मात्र होइन, अरूको पनि दुःख बोकेर हिँड्नुपर्ने, आफूले के गर्छु मात्र होइन, अरूले के गर्छ भनी चियोचर्चा गर्नुपर्ने, आफू कस्तो बाँच्ने मात्र होइन, अरू कसरी बाँचे भनी ख्याल गर्नुपर्ने कर्म हो उनको । त्यही कोलाहलपूर्ण कर्मबाट एकाएक विच्छेद भएर जब उनी घना जङ्गलको माझमा पुगे, जब अध्यात्मको सान्निध्यमा पुगे, तब हलचल भइरहने उनको मन स्थिर भयो सायद ।

दुनियाँसँग लिनुदिनु नहुँदा मन कति आनन्दित हुन्छ ? उनले महसुस गरे सायद । सबै झमेलाबाट उम्किएर आफ्नै मर्जीले सास फेर्दा कति मज्जा आउँछ ? उनले अनुभूति गरे सायद ।

त्यही भएर त लेखे, ‘जीवन र जिन्दगीभन्दा केही पर ।’

भनिरहनु परेन, थुप्रै नेता-अभिनेता बेलाबखत यसरी नै सतरङ्गी दुनियाँबाट शान्ति खोज्दै प्रकृतिको नजिक पुग्ने गर्छन् । सायद, यसपालि ज्ञानेन्द्र शाहीलाई दसैँको धपेडी छाडेर एकान्तमा विचरण गर्ने मन भयो । अन्ततः उनी पुगे, ओशो तपोवन ।

यद्यपि, उनको यो तस्बिरमा त्यति सकारात्मक टिप्पणीहरू भने छैनन् । धेरैले उनलाई गाली गरेका छन्, त्यो पनि मुखै छाडेर ।

भनिहालौँ, यसअघि खगेन्द्र सुनार र सीके राउत पनि ओशो तपोवन पुगेर आफ्ना फरक अनुभव साझा गरिरहेका हुन्थे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?