News Summary
Generated by OK AI. Editorially reviewed.- सिरहा नगरपालिका–१७ खैरटोकाबाट होटलमा लागुऔषध कारोबार र अनैतिक गतिविधि गरेको आरोपमा होटल व्यवसायी अशोक यादव पक्राउ परेका छन् ।
- जिल्ला प्रहरी कार्यालय सिरहाले यादवलाई गए राति पक्राउ गरी अनुसन्धान अघि बढाएको छ ।
- एसपी बासुदेव पाठकले अनुसन्धान पूरा भएपछि मात्रै थप विवरण सार्वजनिक गर्ने बताए ।
१० कात्तिक, सिरहा । सिरहाको सिरहा नगरपालिका–१७ खैरटोकाबाट एक जना होटल सञ्चालक पक्राउ परेका छन् ।
होटलमा लागुऔषध कारोबार लगायत अनैतिक गतिविधि सञ्चालन गरेको आरोपमा होटल व्यवसायी अशोक यादव पक्राउ परेका हुन् ।
सिरहाका एसपी बासुदेव पाठकका अनुसार यादवले होटलमा अनैतिक गतिविधि तथा लागुऔषधको कारोबार गर्दै आएको आरोपमा गए राति उनलाई पक्राउ गरिएको हो।
पक्राउपछि उनलाई जिल्ला प्रहरी कार्यालय सिरहा ल्याएर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
एसपी पाठकका अनुसार यादवलाई घटनाबारे अनुसन्धान भइरहेको बताउँदै उनले अनुसन्धान पूरा भएपछि मात्रै थप विवरण सार्वजनिक गर्न सकिने जानकारी दिए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4