१० कात्तिक, काठमाडौं । ‘गाभी, द भ्याक्सिन एलाइन्स’ ले सन् २०३० सम्म नेपाललाई ८ अर्ब ५९ करोड १९ लाख ६८ हजार रुपैयाँ बराबरको खोप उपलब्ध गराउने भएको छ ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले यसबारे यस्तो जानकारी गराएकी हुन् ।
कूटनीतिक पहलमार्फत नेपालले नियमित खोप कार्यक्रमका लागि गाभीबाट उक्त सहयोग प्राप्त गर्ने मन्त्री मेहता जानकारी दिइन् ।
यसैगरी नेपालले फिर्ता गर्नुपर्ने भनी देखाइएको ३ लाख ८ हजार २७१ अमेरिकी डलर रकम गाभीले मिनाहा गर्ने भएको मन्त्री मेहताको सचिवालयले जनाएको छ ।
गाभीसँगको संवादबाट सहायता रकमसम्बन्धी विषयमा सहजीकरण हुनुका साथै मिनाहा प्राप्त हुनुले नेपालको राष्ट्रिय खोप कार्यक्रमको वित्तीय व्यवस्थापनमा महत्वपूर्ण योगदान पुग्ने उनको अपेक्षा छ।
नेपालले राष्ट्रिय खोप कार्यक्रममार्फत बालबालिका तथा लक्षित जनसङ्ख्यालाई विभिन्न संक्रामक रोगबाट सुरक्षित राख्दै आएको छ।
नियमित खोप सेवाको निरन्तरता, पहुँच र प्रभावकारिता कायम राख्न अन्तर्राष्ट्रिय साझेदारबाट प्राप्त हुने सहयोग महत्त्वपूर्ण रहँदै आएको छ।
प्रतिक्रिया 4