News Summary
Generated by OK AI. Editorially reviewed.- वर्ल्ड क्लाइम्बिङ एसियन सिरिजमा सहभागी हुन ५ सदस्यीय नेपाली टोली मंगलबार दक्षिण कोरियाको गुन्सान प्रस्थान गरेको छ।
- अक्टोबर ३१ देखि नोभेम्बर १ सम्म हुने प्रतियोगितामा नेपालबाट ३ पुरुष र २ महिला खेलाडीले बाउडरिङ विधामा प्रतिस्पर्धा गर्नेछन्।
- राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र मेहताले टोलीलाई मंगलबार बिदाइ गर्दै सफलताको शुभकामना दिए।
१० कात्तिक, काठमाडौं । वर्ल्ड क्लाइम्बिङ एसियन सिरिजमा सहभागी हुन ५ सदस्यीय खेलाडी टोली मंगलबार दक्षिण कोरियाको गुन्सान प्रस्थान गरेका छन् ।
अक्टोबर ३१ देखि नोभेम्बर १ तारिखसम्म हुने प्रतियोगितामा नेपालबाट ३ पुरुष र २ महिला खेलाडी सहभागी हुने छन् ।
पुरुषमा रोनक उप्रेती, तन्जिङ बर्टिन राई र शुलभ राई तथा महिलामा स्वस्तिका चौधरी र मनीषा बुढा मगर रहेका छन् । खेलाडीले बाउडरिङ विधामा प्रतिस्पर्धा गर्ने छन् ।
टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र मेहताले मंगलबारै बिदाइ गरे ।
प्रतिक्रिया 4