+
+
Shares

पर्यटक भिसामा आएका १० विदेशी नागरिक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक ११ गते १७:४५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पर्यटक भिसामा आएर क्रिश्चियन मिसनका लागि स्वास्थ्य शिविर सञ्चालन गरेको आरोपमा मोरङको कानेपोखरीमा १० जना विदेशी नागरिक पक्राउ परेका छन्।
  • विदेशी नागरिक अनुगमन जिल्ला समितिको निर्णयपछि उनीहरूको राहदानी जफत गरी आवश्यक कारबाहीका लागि अध्यागमन विभाग पठाइएको छ।
  • शिविरको तयारी पास्टर पावेल दङ्गालले गरेका थिए, र सो कार्यक्रममा ब्राजिल, क्यानडा र अमेरिकाका नागरिक सहभागी रहेको पाइएको छ।

११ कात्तिक, काठमाडौं । पर्यटक भिसामा आएर क्रिश्चियन मिसनका लागि स्वास्थ्य शिविर सञ्चालन गरेको आरोपमा १० जना विदेशी नागरिक पक्राउ परेका छन् ।

मोरङको कानेपोखरी गाउँपालिका–७, बरगाछीमा क्रिश्चियन धार्मिक गतिविधि प्रचारमा संलग्न रहेको ‘मर्सी डेभलपमेन्ट’ नामक संस्थाले पर्यटक भिषामा आएका विदेशी चिकित्सकसहित स्वास्थ्य शिविर सञ्चालन गरेको कारण दश जना विदेशी नागरिकहरुको कागजात जफत गरी अध्यागमन विभाग पठाइएको छ ।

शिविरमा आवश्यक अनुमति नलिई पर्यटक भिषामा आएका विदेशी नागरिक संलग्न भएकोले बिदेशी नागरिक अनुगमन जिल्ला समितको निर्णयले उनीहरूको राहदानी आवश्यक कारबाहीका लागि विभाग पठाइएको छ ।

गत कात्तिक ८ गते देखि चार दिनसम्म सञ्चालन गर्ने गरी सुरु गरिएको शिविरमा १० जना विदेशी नागरिकसहित सेवा दिइरहेका थिए । शिविरको तयारी पास्टर पावेल दङ्गालले गरेका थिए ।

स्थानीयस्तरमा अस्पताल निर्माण गर्ने उद्देश्यले प्रयोग गरिने भनिएको जग्गामा यस अघि पास्टर बाङदेलले क्रिश्चियन धार्मिक कक्षा सञ्चालन गर्दै आएका थिए ।

मोरङको कानेपोखरी बरगाछीका किराना व्यवसायी नवराज श्रेष्ठले अस्पताल निर्माणका लागि भन्दै तीन कट्ठा जग्गामा छ वटा साना–ठूला भवन निर्माण गरेको र सोही भवनमा हाल धार्मिक गतिविधि तथा अन्य कार्यक्रमका लागि प्रयोग भइरहेको बिबाद सूरु भएपशुचा स्थानियलाइ खुसी पार्न किराना व्यवसायी नवराज श्रेष्ठले शिबिरको आयोजना गरेका थिए । हाल उक्त स्थानमा दुई जना पास्टर र केही सिलाइकटाइ प्रशिक्षक बस्दै आएको पाइएको छ ।

सो कार्यक्रममा ब्राजिल, क्यानडा र अमेरिकाका गरी १) जना विदेशी नागरिकको रहेको पाइएको छ । उनीहरू सन् २)२६ अक्टोबर २२ र २३ मा नेपाल प्रवेश गरेको तथा उनीहरूको भिसाको म्याद नोभेम्बर ६ देखि २१ सम्म रहेको देखिन्छ । निम्न उल्लेखित विदेशी नागरिकमध्ये तीन जना ब्राजिलका, दुई जना क्यानडाका र पाँच जना अमेरिकी नागरिक रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?