+
+
Shares

लुम्बिनी केबुलकारमा भारतीय पर्यटक बढे २४ प्रतिशत

अध्यक्ष चन्द्र ढकालका अनुसार केबुलकार यात्रा गर्ने कूल पर्यटक संख्यामध्ये भारतीय पर्यटक हिस्सा २९ प्रतिशत छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक ११ गते १८:४१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • लुम्बिनी केबुलकारमा गत आर्थिक वर्ष २०८२/८३ मा भारतीय पर्यटक आगमन अघिल्लो आवको तुलनामा २४ प्रतिशत बढेको अध्यक्ष चन्द्रप्रसाद ढकालले मंगलबार बताए।
  • कूल पर्यटकमध्ये भारतीय हिस्सा २९ प्रतिशत पुगेको र उत्तर प्रदेशदेखि आन्ध्र प्रदेशसम्मका पर्यटकको आगमन बढेको कम्पनीको वार्षिक प्रतिवेदनमा उल्लेख छ।
  • केबुलकारको टप स्टेसन वसन्तपुरमा पाँचतारे स्तरको क्यासिनो सहित होटल निर्माण प्रक्रिया अगाडि बढेको र रोलर कोस्टरलगायत मनोरञ्जनात्मक पूर्वाधार थप्ने योजना छ।

११ कात्तिक, काठमाडौं । लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको लुम्बिनी केबुलकारमा भारतीय पर्यटक आगमन उल्लेख्य बढेको छ ।

गत आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो आवको तुलनामा भारतीय पर्यटक संख्या २४ प्रतिशत वृद्धि भएको हो । कम्पनीको मंगलबार सम्पन्न २३औं वार्षिक साधारणसभामा सञ्चालक समितिको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष चन्द्रप्रसाद ढकालले यसबारे जानकारी दिएका हुन् ।

अध्यक्ष ढकालका अनुसार केबुलकार यात्रा गर्ने कूल पर्यटक संख्यामध्ये भारतीय पर्यटक हिस्सा २९ प्रतिशत छ ।

भारत उत्तर प्रदेश सहित नयाँ दिल्ली, झारखण्ड, बिहार, केरला तथा आन्ध्र प्रदेशसम्मका पर्यटकले केबुलकार मार्फत पाल्पा वसन्तपुर डाँडास्थित कामाख्या देवी तथा प्राचीन दुर्गा मन्दिरको दर्शन र भ्रमण गर्ने क्रम बढेको उनले बताए ।

भारतीय पर्यटक आकर्षित गर्न सीमावर्ती क्षेत्रका यातायात चालकलाई विशेष व्यवस्था र भारतीय भ्लगरहरू मार्फत प्रवर्द्धनलाई तीव्र बनाइएको प्रतिवेदनमा उल्लेख छ ।

यसैगरी केबुलकारको टप स्टेसन (वसन्तपुर) मा पाँचतारे स्तरको क्यासिनो सहित होटल निर्माण प्रक्रिया अगाडि बढाइएको छ । होटलको नक्सापास अन्तिम चरणमा पुगेको र आवश्यक खानेपानी आपूर्ति व्यवस्थापन आंशिक सम्पन्न भइसकेको अध्यक्ष ढकालले बताए ।

आगामी आव रोलर कोस्टर, बाउन्स क्यासल र जिरो ग्राभिटी राइड लगायत मनोरञ्जनात्मक पूर्वाधार थप गर्ने योजना कम्पनीको छ ।

बजार प्रवर्द्धनका लागि बुटवल र भैरहवा क्षेत्रका ७० भन्दा बढी होटल, ४० भन्दा बढी संघसंस्था, ४५ भन्दा बढी शिक्षण संस्था, भाटभटेनी सुपरमार्केट, क्यूएफएक्स सिनेमा, लुम्बिनी विकास कोष तथा शंकरनगर वन विहारसँग सहकार्य तथा टिकट छुट सम्झौता गरिएको छ ।

विश्व भूराजनीति र बजार मूल्यवृद्धिबीच खर्च नियन्त्रण र मितव्ययिता कायम गर्दै आगामी केबुलकार आयोजनाका लागि आवश्यक दक्ष प्राविधिक जनशक्ति उत्पादनमा समेत कम्पनीले योगदान पुर्‍याइरहेको जानकारी दिइयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?