+
+
Shares

आईजीपीले बोलाए पीसीसी बैठक

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक १२ गते ११:२८
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले पीसीसीको बैठक प्रहरी हेडक्वाटरमा २ बजेका लागि बोलाएका छन्।
  • डीआईजीभन्दा माथिल्लो दर्जाका प्रहरी कर्मचारी सहभागी हुने उक्त बैठकमा नीतिगत निर्णय र छलफलका विषयमा चर्चा हुने गर्छ।
  • बैठक कुन विषयमा बोलाइएको हो भन्ने यकिन भएको छैन।

१२ कात्तिक, काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले पीसीसी (पोलिसी कोअर्डिनेसन कमिटी) को बैठक बोलाएका छन् ।

आईजीपी कार्कीको नेतृत्वमा पीसीसीको बैठक प्रहरी हेडक्वाटरमा बस्न लागेको प्रहरी उच्च स्रोतले बतायो । नीतिगत निर्णय तथा छलफलका विषयहरूमा प्रहरीको पीसीसी बैठक बस्ने गर्छ ।

जहाँ डीआईजीभन्दा माथिल्लो दर्जाका प्रहरी कर्मचारी सहभागी हुन्छन् । उक्त बैठक २ बजे बस्ने बताइएको छ । कुन विषयमा छलफल गर्न बैठक बोलाइएको हो भन्नेबारे यकिन भएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?