+
+
Shares

इनमसँग खुल्दै एकपछि अर्को हाइप्रोफाइल कनेक्सन, अनुसन्धान गर्न छुट्टै समिति गठन

अहिले प्रधानन्यायाधीशदेखि, न्यायाधीशहरू, प्रहरीका उच्च अधिकारीहरू, सशस्त्र प्रहरीका अधिकारीहरू, व्यवसायीहरू, कर्मचारीहरूदेखि सांसदसहरूसम्म इनमको कनेक्सन देखिन थालेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक १२ गते १६:४८

१२ कात्तिक, काठमाडौं । विवादित छविका इनम सापकोटासँग थुप्रै हाईप्रोफाइल व्यक्तिहरूको कनेक्सन खुल्न थालेपछि छुट्टै समिति गठन गरेर अनुसन्धान अघि बढाइएको छ ।

सापकोटामाथि अनुसन्धान गर्न अहिले काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत प्रहरी उपरीक्षक(एसपी) नरहरी रेग्मीको नेतृत्वमा समिति गठन गरिएको छ । रेग्मीको टोलीले जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा रहेका सापकोटामाथि अनुसन्धान सुरु गरेको एक अधिकारीले बताए ।

परिसरको टोलीलाई समेत गाइड गर्नेगरी एसपी रेग्मीको टोलीले अनुसन्धानमा सहयोग गरेको ती अधिकारीको भनाइ छ । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग कनेक्सन देखिएको र अदालतमा सेटिङ गर्ने गरेको सूचना पाएपछि पक्राउ परेका सापकोटामाथि अनुसन्धान गर्दा एकपछि अर्को भीआईपी कनेक्सन खुल्दै गएका छन् ।

अहिले प्रधानन्यायाधीशदेखि, न्यायाधीशहरू, प्रहरीका उच्च अधिकारीहरू, सशस्त्र प्रहरीका अधिकारीहरू, व्यवसायीहरू, कर्मचारीहरूदेखि सांसदसहरूसम्म इनमको कनेक्सन देखिन थालेको छ ।

दिल्ली जान लागेका बेला त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ परेका इनमविरुद्ध सुरुमा अभद्रको कसुरमा म्याद लिएर अनुसन्धान अघि बढाइएको थियो । अहिले भने सम्पत्ति शुद्धीकरणको कसुरमा सापकोटामाथि अनुसन्धान भइरहेको छ ।

उनको मोबाइलको फरेन्सिक जाँच गर्दा भीआईपी कनेक्सनको जालो खुल्दै गएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?