+
+
Shares

सिरहामा अवैध लागूऔषध सहित दुई जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक १२ गते १८:०३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सिरहा नगरपालिका–१३ मल्हनियाबाट ३ सय १२ ग्राम खैरो हेरोइनसहित २ जना बिहीबार बिहान पक्राउ परेका छन् ।
  • पक्राउ पर्नेमा भारत मधुबनी बेला पञ्चायत–८ घर भएका ४४ वर्षीय लाल बाबु सिंह र २६ वर्षीय धर्मेन्द्र दास रहेका छन् ।
  • लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरले उनीहरूले प्रयोग गरेको बीआर–३२४ भि ७५७४ नम्बरको मोटरसाइकल पनि बरामद गरेको छ ।

१२ कात्तिक, काठमाडौं । सिरहामा अवैध लागूऔषध सहित दुई जना पक्राउ परेका छन् ।

सिरहा नगरपालिका–१३ मल्हनियाबाट अवैध लागूऔषध खैरो हेरोइन ३ सय १२ ग्राम सहित २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा भारत मधुबनी बेला पञ्चायत–८ घर भएका ४४ वर्षीय लाल बाबु सिंह र २६ वर्षीय धर्मेन्द्र दास रहेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।

लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

साथै प्रहरीले उनीहरूले प्रयोग गरेको बीआर–३२४ भि ७५७४ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?