+
एनपीएल :

सोमपालको अलराउन्ड प्रदर्शनमा विराटनगरमाथि कर्णालीको रोमाञ्चक जित

२०८३ कात्तिक  १२ गते २१:३३ २०८३ कात्तिक १२ गते २१:३३

कर्णालीका लागि कप्तान सोमपाल कामीले अर्धशतक पूरा गरे । उनी ३२ बलमा ६२ रन अविजित रहे ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कर्णाली याक्सले एनपीएलमा विराटनगर किंग्सलाई एक बल बाँकी छँदा १८७ रनको लक्ष्य पूरा गर्दै रोमाञ्चक जित निकालेको छ।
  • कर्णालीका कप्तान सोमपाल कामीले ३२ बलमा अविजित ६२ रन बनाउँदै गुल्सन झासँग सातौं विकेटका लागि ६४ रनको साझेदारी गरे।
  • विराटनगरका लोकेश बमले ५२ बलमा ८७ रन बनाए पनि टोली ७ विकेटमा १८६ रनमै सीमित भयो, र सोमपालले ४ विकेट लिए।

१२ कात्तिक, काठमाडौं । कर्णाली याक्सले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किंग्समाथि रोमाञ्चक जित निकालेको छ । विराटनगरले दिएको १८७ रनको लक्ष्य पछ्याएको कर्णालीले एक बल बाँकी छँदा पूरा गर्यो ।

कर्णालीका लागि कप्तान सोमपाल कामीले अर्धशतक पूरा गरे । उनी ३२ बलमा ६२ रन अविजित रहे । उनले ४ चौका र ३ छक्का प्रहार गरे । उनले सातौं विकेटका लागि गुल्सन झासँग ६४ रनको अविजित साझेदारी गरे । गुल्सन २१ बलमा २८ रन बनाएर नटआउट रहे ।

अन्तिम ओभरमा कर्णालीलाई जितको लागि ८ रन आवश्यक थियो । पहिलो बलमा सोमपालले एक रन लिए । गुल्सनले दोस्रो बलमा दुई र तेस्रो बलमा एक रन लिए । विराटनगरका लोकेश बमले गुल्सनको क्याच आउट ड्रप गरे । चौथो र पाँचौ बलमा दुईदुई रन लिँदै सोमपालले कर्णालीलाई रोमाञ्चक जित दिलाए ।

त्यसअघि सोमपालले छैटौं विकेटका लागि पवन सर्राफसँग ६६ रनको साझेदारी गरेका थिए । पवन २८ बलमा ३६ रन बनाएर आउट भए । कर्णालीले सुरुवाती ५ विकेट सस्तो मै गुमाएको थियो । मार्क वाट एक, दीपक डुम्रे २०, अक्बर अली एक, अरिफुल इस्लाम ३२, हुसेन तलत कुनै पनि रन नजोडी पभेलियन फर्किए । त्यसपछि कर्णालीलाई सोमपाल र पवनले कर्णालीलाई सम्हालेका थिए ।

बलिङमा एन्जेलो म्याथुजले सर्वाधिक ३ विकेट लिए । चरिथ असलंंका, प्रतिश जिसी र कप्तान सन्दीप लामिछानेले एकएक विकेट लिए ।

त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको विराटनगरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १८६ रन बनाएको थियो । विराटनगरका लागि ओपनर लोकेश बमले शानदार प्रदर्शन गरे । उनले ५२ बलमा ८७ रनको योगदान दिए । बमले ३ चौका र ९ छक्का प्रहार गरे । चौथो विकेटका लािग लोकेशले एन्जेलो म्याथ्युजसँग ६७ रनको साझेदारी गरेका थिए । १६औं ओभरको पाँचौं बलमा कर्णालीका कप्तान सोमपाल कामीबाट आउट भएसँग लोकेश एनपीएलमा पहिलो शतक प्रहार गर्ने नेपाली खेलाडी बन्नबाट १३ रनले टाढा रहे ।

एन्जेलो २२ बलमा ३१ रनमा आउट भए । ओपनर इम्रान शेख ५, चरिथ असलंका ३ र शेहान जयसूर्या ११ रनमा आउट भए । आन्द्रे रसेल १५ बलमा २७ रन बनाएर आउट भए । बसिर अहमद १३ रनमा आउट हुँदा सुजन थपलिया अविजित रहे ।

बलिङमा कप्तान सोमपाल कामी एक्लैले ४ विकेट लिए । ४ ओभरमा सोमपालले ३३ रन खर्चिए । सोमपालले लोकेश, आन्द्रे, एन्जेलो र चरिथलाई आउट गराए । मार्क वार्ट र नन्दन यादवले एकएक विकेट लिए । मार्कले बलमा ओपनर इम्रान आउटको शिकार बने । नन्दनले अन्तिम बलमा बसिरलाई बोल्डआउट गरे । शुक्रबार एनपीएलका कुनै पनि खेल राखिएको छैन ।

कर्णाली विराटनगर

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय