+
+
Shares

विपद् व्यवस्थापनमा तीनै तहबीच समन्वय आवश्यक : मुख्यमन्त्री आचार्य

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक १३ गते १२:१६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मुख्यमन्त्री चेतनारायण आचार्यले विपद् जोखिम न्यूनीकरण र व्यवस्थापनमा तीनै तहका सरकारबीच प्रभावकारी समन्वय र पूर्वतयारी आवश्यक रहेको बताएका छन्।
  • अर्घाखाँचीमा भएको अन्तरक्रिया कार्यक्रममा उनले विपद् व्यवस्थापनलाई प्राथमिकतामा राखेर सरकारले लगानी गर्न र सम्बन्धित निकायले जिम्मेवारी पूरा गर्नुपर्ने बताए।
  • आचार्यले योजना कार्यान्वयनमा स्थानीय तहसँग समन्वय गर्न र फरफारकअघि जिल्ला समन्वय समिति तथा स्थानीय तहबाट अनुगमन गरिने जानकारी दिए।

१३ कात्तिक, अर्घाखाँची । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि तीनै तहका सरकार र सम्बन्धित निकायबीच प्रभावकारी समन्वय र पूर्वतयारी आवश्यक रहेको बताएका छन् ।

शुक्रबार अर्घाखाँचीमा आयोजित विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी सरोकारवालासँगको अन्तरक्रिया तथा सिकाइ आदानप्रदान कार्यक्रममा उनले विपद् व्यवस्थापनलाई प्राथमिकतामा राखेर सरकारले लगानी गर्नुपर्ने र सम्बन्धित निकायले आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने बताए ।

विपद्का घटनाबाट हुने मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्न पूर्वतयारी, समन्वय र जिम्मेवारीबोधलाई प्राथमिकता दिनुपर्ने उनको भनाइ थियो । विपद् व्यवस्थापनका योजना प्रभावकारी रूपमा कार्यान्वयन गर्न कानुनी, संस्थागत र व्यावहारिक पक्षमा सुधार आवश्यक रहेको उनले बताए ।

विपद् व्यवस्थापनका योजना कार्यान्वयन गर्दा सम्बन्धित स्थानीय तहसँग समन्वय गर्न निर्देशन दिँदै आचार्यले योजनाको फरफारक गर्नुअघि जिल्ला समन्वय समिति र स्थानीय तहबाट अनुगमन गर्ने व्यवस्था मिलाइएको जानकारी दिए । अनुगमन प्रणाली प्रभावकारी बनाउन कानुन संशोधन गरिएको उल्लेख गर्दै उनले समन्वयबिना गरिने कामले अपेक्षित नतिजा दिन नसक्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?