+
+
Shares

पत्रकार सुवेदीलाई समाचार कक्षबाट प्रहरीले लियो नियन्त्रणमा

उनलाई नयाँबानेश्वरस्थित कार्यालयको समाचार कक्षबाट केहीबेरअघि प्रहरीले नियन्त्रणमा लिएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक १३ गते १७:३८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नयाँबानेश्वरस्थित नेपाल प्रेसको कार्यालयबाट पत्रकार विश्वमणि सुवेदीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
  • प्रधानसम्पादक मात्रिका पौडेलका अनुसार साइबर ब्यूरोले समाचारको स्रोत खोज्न भन्दै सुवेदीलाई समाचार कक्षबाट लगेको हो।
  • सुवेदी लामो समयदेखि सुरक्षा मामिलामा लेख्दै आएका पत्रकार हुन्।

१३ कात्तिक, काठमाडौं । पत्रकार विश्वमणि सुवेदीलाई प्रहरीले समाचार कक्षबाटै नियन्त्रणमा लिएको छ ।

उनी नेपाल प्रेसमा कार्यरत पत्रकार हुन् । उनलाई नयाँबानेश्वरस्थित कार्यालयको समाचार कक्षबाट केहीबेरअघि प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रधानसम्पादक मात्रिका पौडेलका अनुसार, उनलाई समाचारको स्रोत खोज्न भन्दै प्रहरीको साइबर ब्यूरोले नियन्त्रणमा लिएको हो ।

‘अहिले म पनि साइबर ब्यूरोमा जाँदैछु, समाचारको स्रोत खोज्न भन्दै समाचार कक्षबाटै उहाँलाई सादा पोशाकका प्रहरीले लगेको छ’, पौडेलले भने ।

सुवेदी लामो समयदेखि सुरक्षा मामिलामा लेख्दै आएका पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?