News Summary
Generated by OK AI. Editorially reviewed.- अपराध अनुसन्धान कार्यालय टेकुबाट आएको भन्दै पाँच प्रहरी सादा पोशाकमा नयाँ पत्रिकाको कार्यालयमा पुगेका छन्।
- प्रहरीले नयाँ पत्रिकाका संवाददाता नवराज मैनालीलाई साइबर ब्यूरोमा लैजानुपर्ने भन्दै कार्यकक्षमा बसिरहेका छन्।
- यसअघि आजै नेपाल प्रेसका विश्वमणि सुवेदीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको थियो।
१३ कात्तिक, काठमाडौं । नयाँ पत्रिका दैनिकको कार्यालयमा पनि प्रहरी पुगेको छ ।
अपराध अनुसन्धान कार्यालय, टेकुबाट आएको भन्दै केहीबेर अघि ५ जना प्रहरीहरू सादा पोशाकमा नयाँ पत्रिकाको कार्यालयमा पुगेका हुन् ।
नयाँ पत्रिकाका सम्पादक खगेन्द्र पन्तका अनुसार, उनीहरूले संवाददाता नवराज मैनालीलाई साइबर ब्यूरोमा लैजानुपर्ने भन्दै कार्यकक्षमा बसिरहेका छन् ।
‘५ जना प्रहरी अधिकारीहरू आउनुभएको छ । पक्राउ पुर्जी छैन । संवाददातालाई उपस्थित गराउन भन्नुहुन्छ’, पन्तले भने ।
यसअघि आजै नेपाल प्रेसमा कार्यरत विश्वमणि सुवेदीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4