+
+
Shares

रास्वपा सचेतकले भने- पुलिस स्टेट बन्द गर

‘समाचारको विषयलाई लिएर समाचार कक्षमै पुगेर पत्रकार पक्राउ, धरपकड र नियन्त्रणको दुष्प्रयाससप्रति घोर भर्त्सना गर्दछु ।’

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक १३ गते २१:४६

१३ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) संसदीय दलका सचेतक प्रकाशचन्द्र परियारले पत्रकारहरू पक्राउको विरोधमा कडा प्रतिक्रिया दिएका छन् । शुक्रबार साँझ फेसबुकमार्फत उनले पत्रकार पक्राउको विरोध गरेका हुन् ।

‘पुलिस स्टेट बन्द गर’, सचेतक परियारले लेखेका छन्, ‘समाचारको विषयलाई लिएर समाचार कक्षमै पुगेर पत्रकार पक्राउ, धरपकड र नियन्त्रणको दुष्प्रयाससप्रति घोर भर्त्सना गर्दछु ।’ पत्रकारहरू पक्राउमा उनले प्रहरीको भूमिकामाथि प्रश्न गरेका हुन् ।

‘संविधानमै सुनिश्चित गरिएको प्रेस स्वतन्त्रताको संरक्षण र संवर्द्धन गर्ने दायित्व रहेको राज्यको शक्तिशाली संगठन प्रहरीको शैली पुलिस स्टेट यानी प्रहरी राज उन्मुख देखियो’, परियारले लेखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?