१४ कात्तिक, काठमाडौं । सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाले सिभिल, हाइड्रोमेकानिकल तथा सम्बन्धित संरचना निर्माणका लागि आह्वान गरेको ठेक्का रद्द गरेको छ ।
आयोजनाले सार्वजनिक सूचना जारी गर्दै उक्त ठेक्का रद्द गरिएको जानकारी दिएको हो ।
आयोजनाले ८ जुन २०२६ मा प्रकाशित सूचनामार्फत सिभिल, हाइड्रोमेकानिकल तथा सम्बन्धित संरचना निर्माणका लागि निर्माणका लागि बोलपत्र आह्वान गरेको थियो । तर, सार्वजनिक खरिद ऐन, २०६३ को दफा ३(२) मा रहेको व्यवस्थाअनुसार उक्त ठेक्का रद्द गरिएको आयोजनाले जनाएको छ ।
ठेक्का रद्द गर्ने निर्णयबारे आयोजना निर्देशकद्वारा जारी सूचनामा बोलपत्रदातालाई पर्न गएको असुविधाप्रति क्षमायाचना गरिएको छ ।
सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको नयाँ ठेक्का प्रक्रिया अन्तिम चरणमा पुगेका बेला सिँचाइ विभागका महानिर्देशक र आयोजना प्रमुखलाई प्रधानमन्त्री कार्यालयको निर्देशनमा प्रहरीले नियन्त्रणमा लिएको थियो ।
प्रतिक्रिया 4