+
+
Shares

टीकापुरमा लुटपाट गर्ने २ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक १४ गते ८:३३

१४ कात्तिक, धनगढी । कैलालीमा खुकुरी प्रहार गरी नगद र मोबाइल लुट्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । टीकापुरमा मोटरसाइकलमा सवार एक युवकमाथि खुकुरी प्रहार गरी नगद र मोबाइल लुटपाट गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा टीकापुर नगरपालिका–६ पसैनी बस्ने २५ वर्षीय अमित रावल र २४ वर्षीय शुलभ विक्रम शाही रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) योगेन्द्र तिमिल्सिनाले जानकारी दिए ।

उनकाअनुसार ९ कात्तिकको राति उनीहरुले टीकापुर नगरपालिका–६ मखन चौराहामा मोटरसाइकलमा सवार टीकापुर नगरपालिका–३ पुष्पीका ३२ वर्षीय सुरज चौधरीमाथि खुकुरी प्रहार गरेका थिए । चौधरीलाई घाइते बनाएर नगद र मोबाइलसमेत लुटपाट गरेका थिए ।

पक्राउ परेका दुवै जनालाई कैलाली जिल्ला अदालतबाट ‘ज्यान मार्ने उद्योग तथा डाँका चोरी’ मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?