+
+
Shares

डोल्पा कारागारबाट ८ जना कैदी फरार

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक १४ गते ८:४६

१४ कात्तिक, डोल्पा । डोल्पाको सदरमुकाम दुनैस्थित जिल्ला कारागारबाट ८ जना कैदी फरार भएका छन् ।

स्रोतका अनुसार कारागारभित्रबाट सुरुङ खनेर शुक्रबार राति उनीहरु फरार भएका हुन् ।

घटनाबारे जानकारी प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायब उपरीक्षक (डीएसपी) सहितको टोली कारागार पुगेको छ ।

घटनाको विस्तृत अनुसन्धान तथा स्थलगत निरीक्षणपछि मात्रै घटनाको थप विवरण यकिन हुने प्रहरीले बताएको छ । ‘अहिलेसम्म ८ जना भन्ने जानकारी आएको छ । तर, डीएसपीसहितको टोली कारागारतर्फ गएको छ । कति जना र कोको फरार भएका हुन् भन्नेबारे केही समयमै आधिकारिक धारणा सार्वजनिक होला’, स्रोतले भन्यो ।

घटनाबारे कारागार र जिल्ला प्रहरी कार्यालयले भने औपचारिक जानकारी सार्वजनिक गरेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?