+
+
Shares

प्रहरी पत्रकारबाट तथ्यपूर्ण र साहसिक रिपोर्टिङको अपेक्षा गर्छ : आईजीपी कार्की

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक १४ गते १०:११

१४ कात्तिक, काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले प्रहरी संगठनले पत्रकारहरूबाट सधैं निष्पक्ष, तथ्यपूर्ण एवं साहसिक रिपोर्टिङको अपेक्षा राखेको बताएका छन् ।

विभिन्न सञ्चारगृहबाट पत्रकारहरू पक्राउ परेको २४ घण्टा नबित्दै उनले प्रहरीले पत्रकारहरूबाट सधैं निष्पक्ष, तथ्यपूर्ण एवं साहसिक रिपोर्टिङको अपेक्षा राखेको बताएका हुन् ।

‘नेपाल प्रहरीले सञ्चारकर्मी साथीहरूको निष्पक्ष, तथ्यपूर्ण एवं साहसिक रिपोर्टिङको सदैव अपेक्षा गर्दछ,’ महानिरीषक कार्कीले फेसबुकमा लेखेका छन्, ‘साथै, सञ्चारकर्ममा कतै, कुनै पनि प्रकारको बाधा नपरोस् भन्ने कुरामा हरसम्भव सहयोग गर्न नेपाल प्रहरी दृढ प्रतिबद्ध छ ।’

उनले विपद्को असर कम गर्न अभूतपूर्व सहकार्यको आग्रह गर्दै संवेदनशील समयमा नागरिकलाई सही समयमा सही सूचना सम्प्रेषण गर्दै क्षति न्यूनीकरण गर्न सञ्चारकर्मीहरूको महत्वपूर्ण भूमिका रहने पनि उल्लेख गरेका छन् ।

‘विपद्बाट जनधनको सुरक्षा गर्ने कार्यमा नेपाल प्रहरी दत्तचित्त भएर सधैँ झैँ आफ्नो मूल दायित्व पूरा गर्न क्रियाशील रहनेछ,’ महानिरीक्षक कार्कीले लेखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?