News Summary
Generated by OK AI. Editorially reviewed.- गृहमन्त्री सुधन गुरुङले धादिङबेसी जोड्ने फुर्केखोला पुल निर्माणमा भइरहेको ढिलासुस्तीप्रति चासो जनाउँदै सडक विभागका कर्मचारीलाई तत्काल अघि बढाउन निर्देशन दिएका छन्।
- शनिबार गोरखा जाने क्रममा धादिङका स्थानीयसँग भेटेका गुरुङले पुल निर्माण ढिलाइले आवतजावतमा समस्या भएको गुनासो सुनेका थिए।
- गुरुङले रोकिएको निर्माण कार्य अघि बढाउन र सरकारसँग आवश्यक समन्वय गरी समस्या समाधानका लागि थप पहल गर्न निर्देशन दिएका हुन्।
१४ कात्तिक, काठमाडौं । गृहमन्त्री सुधन गुरुङले धादिङबेसी जोड्ने फुर्केखोला पुल निर्माणमा भइरहेको ढिलासुस्तीप्रति चासो जनाएका छन् ।
साथै, उनले निर्माण कार्य तत्काल अघि बढाउन सडक विभागका कर्मचारीहरूलाई निर्देशन दिएको सचिवालयले जनाएको छ ।
शनिबार गोरखा जाने क्रममा धादिङका स्थानीयसँग भेटघाट गरेका गुरुङले पुल निर्माणमा भएको ढिलाइबारे स्थानीयको गुनासो सुनेका थिए ।
पुल निर्माणमा ढिलाइ हुँदा स्थानीयले आवतजावतमा समस्या भोग्नुपरेको गुनासो गरेका थिए ।
गुरुङले रोकिएको निर्माण कार्य अघि बढाउन र सरकारसँग आवश्यक समन्वय गरी समस्या समाधानका लागि थप पहल गर्न निर्देशन दिएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4