+
+
Shares

शुक्लाफाँटाका हात्तीमा अब ‘रेडियो कलर’

रेडियो कलर जडान गर्दा निकुञ्जका वरिष्ठ संरक्षण अधिकृतको प्रत्यक्ष सुपरिवेक्षणमा पशु चिकित्सक सहित प्राविधिक टोलीको समन्वयमा काम गरिने मन्त्री चौधरीले बताइन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक १५ गते १३:३८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा बस्ती पसेर क्षति पुर्‍याउने जंगली हात्तीको निगरानीका लागि रेडियो कलर जडान प्रक्रिया अघि बढाइने भएको छ ।
  • राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले शुक्लाफाँटा कार्यालयलाई रेडियो कलर जडान कार्य अगाडि बढाउन निर्देशन दिएको छ ।
  • मन्त्री गीता चौधरीले रेडियो कलरबाट हात्ती आवागमनको जोखिम पूर्वानुमान गरी स्थानीयलाई समयमै सचेत गराइने बताइन् ।

१५ कात्तिक, काठमाडौं । कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा लामो समयदेखि बस्तीमा प्रवेश गरी जनधन तथा बालीनालीमा क्षति पुर्‍याउँदै आएका जंगली हात्तीको निगरानीका लागि ‘रेडियो कलर’ जडान प्रक्रिया अघि बढाइने भएको छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयलाई रेडियो कलर जडान कार्य अगाडि बढाउन निर्देशन दिएको हो ।

जंगली हात्तीको आवतजावत सम्बन्धी सूचना संकलन गरी मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि रेडियो कलर व्यवस्थापन गर्न अनुरोध गरिएको छ ।

रेडियो कलरबाट प्राप्त तथ्यांकको नियमित अनुगमन तथा विश्लेषण गरी हात्ती आवागमन र बस्ती प्रवेश गर्न सक्ने सम्भावित जोखिम पूर्वानुमान गर्ने विभागको उद्देश्य छ ।

कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले रेडियो कलरबाट प्राप्त तथ्यांक नियमित अनुगमन तथा विश्लेषण गरी हात्ती आवागमन र बस्ती प्रवेश गर्न सक्ने सम्भावित जोखिम पूर्वानुमान गर्न सकिने बताए ।

यसबाट स्थानीय समुदायलाई समयमै सचेत गराउन तथा मानवीय क्षति, बालीनाली र भौतिक सम्पत्तिमा हुने नोक्सानी न्यूनीकरण गर्न सहयोग पुग्ने उनको भनाइ छ ।

रेडियो कलर जडान गर्दा निकुञ्जका वरिष्ठ संरक्षण अधिकृतको प्रत्यक्ष सुपरिवेक्षणमा पशु चिकित्सक सहित प्राविधिक टोलीको समन्वयमा काम गरिने मन्त्री चौधरीले बताइन् ।

उनले हात्तीको सुरक्षालाई प्राथमिकता दिँदै वैज्ञानिक विधिबाट रेडियो कलर जडान गर्नुका साथै त्यसपछिको नियमित अनुगमन समेत गरिने जानकारी दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?