+
+
Shares

सरकारको प्रवृत्तिले हद नाघेको छ : गगन थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले वर्तमान सरकारको प्रतृत्तिले सीमा नाघेको टिप्पणी गरेका छन्।

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक १५ गते १४:४६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले वर्तमान सरकारले शक्तिको स्वेच्छाचारी प्रयोग गरेर प्रवृत्तिले सीमा नाघेको टिप्पणी गरेका छन्।
  • थापाले सरकारको कामकारबाही चिन्तित भएर हेर्नुपर्ने खालको भएको भन्दै ‘अहिले सरकारको कामकारबाही चिन्तित नै भएर हेर्नुपर्ने विषय भयो।’ भनेका छन्।
  • उनले ‘मेरो इच्छा नै कानुन हो भन्ने भयो अहिले भएकै त्यही हो।’ भन्दै सरकारले अड्डा, अदालत र प्रहरीलाई आफ्ना आदेश पालना गर्ने ठानेको आरोप लगाएका छन्।

१५ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले वर्तमान सरकारको प्रतृत्तिले सीमा नाघेको टिप्पणी गरेका छन्।

उनले हालै विभिन्न मिडिया हाउसमा पुगेर सञ्चारकर्मीलाई पक्राउ र पक्राउको तयारीको विषयसमेत समेटेर सरकारको विषयमा प्रमुख प्रतिपक्षी दलको तर्फबाट यस्तो टिप्पणी गरेका हुन्।

‘अहिले सरकारको कामकारबाही चिन्तित नै भएर हेर्नुपर्ने विषय भयो। प्रवृत्ति चिन्तित नै बनाउने खालको छ,’ उनले भने, ‘हामी नै हो स्टेट, हामीले बोलेको कुरा हुकुम हुन्छ, अड्डा, अदालत, प्रहरी हाम्रा आदेश पालना गर्नेहरू हुन् भन्ने सोचियो।’

उनले अहिले सरकारले शक्तिको स्वेच्छाचारी प्रयोग गरिरहेको पनि बताए। ‘शक्तिको स्वेच्छाचारी प्रयोग भइरहेको छ,’ उनले भने, ‘मेरो इच्छा नै कानुन हो भन्ने भयो अहिले भएकै त्यही हो। प्रवृत्तिले हद नाघेको छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?