News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मिडिया हाउसमा प्रहरी प्रवेश र पत्रकार पक्राउको घटनाप्रति आपत्ति जनाएका छन्।
- कांग्रेस केन्द्रीय कार्यालय सानेपामा विशेष सम्बोधन गर्दै उनले यो घटनाले पञ्चायती शासनकालको याद दिलाएको बताए।
- थापाले प्रहरीको दोस्रो विज्ञप्तिमा प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयको दबाबमा पत्रकार पक्राउ गरिएको उल्लेख भएको दाबी गरे।
१५ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले हालै विभिन्न मिडिया हाउसको समाचार कक्षमा प्रहरी पुगेको र पत्रकार पक्राउको घटनाप्रति आपत्ति जनाएका छन्।
कांग्रेस केन्द्रीय कार्यालय सानेपामा विशेष सम्बोधन गर्दै उनले सञ्चारमाध्यममा प्रहरी प्रवेश गरेको घटनाप्रति आपत्ति जनाएका हुन् ।
‘मिडिया हाउसहरूमा प्रहरी प्रवेशले पञ्चायती शासनकालको याद दिलाएको छ,’ उनले भने, ‘विरोध भएपछि पत्रकारहरूलाई छोडिएको हो । विचित्रको विषय बाहिर आएको छ।’
प्रहरीले यस घटनाबारे दुईपटक विज्ञप्ति जारी गरेको उनले उल्लेख गरे । सुरुमा सामान्य विषयमा प्रहरीले आफ्नो काम गरेको भनेको भए पनि शुक्रबार (कात्तिक १३) राति जारी गरिएको दोस्रो विज्ञप्तिमा प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को सचिवालयको दबाबमा पत्रकारहरू पक्राउ गरिएको उल्लेख भएको उनको भनाइ छ ।
प्रतिक्रिया 4