+
+

पहिरोपीडितलाई कतारका नेपालीले सहयोग गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७१ कात्तिक २४ गते १०:५८

gulmi sewa-logo gwsकतार । गुल्मी सेवा समाज कतारले गुल्मी अग्लुङ्गका पहिरोपीडितलाई आर्थिक सहयोग गर्ने भएको छ । गुल्मी सेवा समाज कतारको शुक्रबार सम्पन्न भएको सातौं नियमित बैठकले पहिरोपीडितलाई आर्थिक सहयोग गर्ने निर्णय गरेको हो ।

दिपावलीको अवसरमा आयोजना गरेको देउसीभैलो कार्यक्रमबाट सङ्कलित रकम अग्लुङ्गका पहिरोपीडितलाई सहयोग गरिने भएको अध्यक्ष शिव खड्काले बताए । हरेक महिनाको दोश्रो शुक्रबार संस्थाको बैठक बस्ने गरेको छ ।

अध्यक्ष खड्काले प्रवासमा भईपरि आउने समस्याको केही हदसम्म समाधानका लागि बिभिन्न संघ संस्था खोलिएको र सामाजिक संस्थामा आवद्ध भई सहयोग गर्न सकिएमा पीडितहरुलाई थोरै भए पनि राहत हुने भन्दै प्रवासी नेपालीहरुलाई संगठित गर्न जोड दिइने बताए ।

कतारलाई कर्मभुमि बनाई श्रम गरिरहेका गुल्मेलीहरुलाई गुल्मी सेवा समाजमा आवद्ध हुन पनि उनले अपील गरेका छन् ।

-कुमार अविरल पन्थीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?