+
+
Shares

संसद् बैठक आह्वान गर्न प्रतिपक्षी दलहरूको माग

बैठकमा सहभागी नेपाल कम्युनिस्ट पार्टीका नेता प्रमेश हमालले बैठकबाट दलहरूले सरकारसँग संसद् बैठक आह्वान गर्न माग गरेका जानकारी दिए। 

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक १६ गते १४:४९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रतिपक्षी दलहरूले सरकारसँग यथाशीघ्र संसद् बैठक आह्वान गर्न माग गरेका छन् ।
  • नेपाली कांग्रेसको आह्वानमा सोमबार बसेको प्रतिपक्षी दलहरूको बैठकले संसद् बैठकमार्फत जनताका विषय, राष्ट्रियता, लोकतन्त्र र संविधानमाथिका प्रश्नमा छलफल गर्नुपर्ने निर्णय गरेको छ ।
  • नेता प्रमेश हमालले राष्ट्रियता, जनजीविका, विपद् र पुनर्निर्माणका विषयमा गम्भीर छलफल भएको बताए ।

१६ कात्तिक, काठमाडौं । प्रतिपक्षी दलहरूले सरकारसँग यथाशीघ्र संसद् बैठक आह्वान गर्न माग गरेका छन् ।

नेपाली कांग्रेसको आह्वानमा सोमबार बसेको प्रतिपक्षी दलहरूको बैठकले सरकारसँग तत्काल संसद् बैठक आह्वान गर्न माग गरेका हुन् ।

बैठकमा सहभागी नेपाल कम्युनिस्ट पार्टीका नेता प्रमेश हमालले बैठकबाट दलहरूले सरकारसँग संसद् बैठक आह्वान गर्न माग गरेका जानकारी दिए।

‘प्रतिपक्षी दलको तर्फबाट यथाशीघ्र संसद बैठक आह्वान गरियोस् भन्ने माग गर्ने निर्णय गरेका छौं,’ बैठकपछि उनले भने ।

संसद् बैठक आह्वान गरेर जनताका विषयहरु, राष्ट्रियताका विषयहरू, लोकतन्त्रका विषयहरू र संविधान माथि उठेका कतिपय प्रश्नको बारेमा गम्भीर रुपमा छलफल गर्नुपर्ने निर्णय गरिएको उनले जानकारी दिए ।

नेता हमालले बैठकमा सामसायिमक राजनीतिक विषयामा गमभीर छलफल गरेको बताए । छलफलले नेपालको राजनीतकि वृत्तमा गम्भीर समस्याहरु देखिएको महसुस गरेको उनले बताए ।

‘राष्ट्रियताको सम्बन्धमा पनि गम्भीर प्रश्नहरू उठेको छ,’ हमालले भने, ‘त्यस्तै किसिमले जनजिविकाको सवालमा र विपद्बाट जनताले पाउनुपर्ने मुक्ति, पुननिर्माणका कुराहरु बारेमा पनि हामीले गम्भीर छलफल गर्‍यौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?