+
+
Shares

संसदीय सुनुवाइ समितिको बैठक सुरू, सिंहदरबारमै छन् जापानका लागि प्रस्तावित राजदूत

प्रस्तावित राजदूत थापा पनि दिउँसो सवा दुई बजेतिर सिंहदरबार प्रवेश गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक १६ गते १६:०४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जापानका लागि प्रस्तावित राजदूत जिज्ञानकुमार थापाबारे निर्णय लिन संसदीय सुनुवाइ समितिको बैठक सिंहदरबारमा सुरु भएको छ ।
  • थापा दिउँसो सवा दुई बजेतिर सिंहदरबार प्रवेश गरेका छन् ।
  • रास्वपाका एक सांसदले प्रस्तावित राजदूतलाई किन बोलाइएको भन्ने प्रश्नमा ‘फिर्ता लिन आग्रह गर्न होला ।’ भनेका छन् ।

१६ कात्तिक, काठमाडौं । संसदीय सुनुवाइ समितिको बैठक सुरु भएको छ । जापानका लागि प्रस्तावित राजदूत जिज्ञानकुमार थापाबारे निर्णय लिनका लागि सुनुवाइ समितिको बैठक बसेको हो ।

बैठक केहीबेरदेखि सिंहदरबारमा जारी छ । त्यस्तै, प्रस्तावित राजदूत थापा पनि दिउँसो सवा दुई बजेतिर सिंहदरबार प्रवेश गरेका छन् ।

उनको सुनुवाइ सकेर निर्णय होल्ड भएको थियो ।

प्रस्तावित राजदूतलाई किन बोलाएको भन्ने प्रश्नमा रास्वपाका एक सांसदले भने, ‘फिर्ता लिन आग्रह गर्न होला ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?