+
+
Shares

जापानको राजदूतबाट नाम फिर्ता लिँदै थापाले भने– जनताको सेवा गर्न पद नै अन्तिम माध्यम होइन

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक १६ गते १६:४३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जापानका लागि प्रस्तावित राजदूत जिज्ञानकुमार थापाले संसदीय सुनुवाइ समितिमा पत्र पठाउँदै आफ्नो नाम फिर्ता लिएको जानकारी गराएका छन्।
  • थापाले देश र जनताको सेवाका लागि पद नै अन्तिम माध्यम नभएको भन्दै राष्ट्रिय हितका लागि जुनसुकै जिम्मेवारी बहन गर्न तत्पर रहने बताएका छन्।
  • जापानको पीआर रहेको भन्दै प्रश्न उठेपछि थापाको सुनुवाइ स्थगित भएको थियो र उनले पीआर त्यागेको स्पष्टीकरण दिएका थिए।

१६ कात्तिक, काठमाडौं । जापानका लागि प्रस्तावित राजदूत जिज्ञानकुमार थापाले आफ्नो नाम फिर्ता लिएका छन् ।

उनले संसदीय सुनुवाइ समितिमा पत्र पठाउँदै आफूले नाम फिर्ता लिएको जानकारी गराएका हुन् ।

समितिमा उनले पठाएको पत्रमा आफूले देश र जनताको सेवाका लागि पद नै अन्तिम माध्यम नभएको बताएका छन् ।

‘देश र जनताको सेवाका लागि पद नै अन्तिम माध्यम होइन । आगामी दिनहरूमा पनि राष्ट्रिय हित, विकास र समृद्धिका लागि नेपाल सरकारले सुम्पिने जुनसुकै जिम्मेवारी निष्ठाका साथ बहन गर्न म सदैव तत्पर रहने प्रतिबद्धता व्यक्त गर्दछु,’ उनले पत्रमा लेखेका छन्  ।

२०८३ असोज २८ गते प्रस्तावित राजदूतको संसदीय सुनुवाइ भएको थियो । नियुक्तिका लागि सिफारिस १३ मध्ये १० राजदूतको नाम मात्र संसदीय सुनुवाइ समितिले सो दिन अनुमोदन गरेको थियो ।

साउदी अरबका लागि प्रस्तावित गिरीबहादुर सुनार र मलेसियाका लागि प्रस्तावित राजदूत चुडामणि खरेलको नाम भने अनुमोदनका लागि अस्वीकृत गरिएको थियो ।

जापानका लागि प्रस्तावित राजदूत थापाको जापानको पीआर रहेको भन्दै सांसदहरुले प्रश्न उठाएपछि थप अध्ययन गर्ने भन्दै सुनुवाइ स्थगित गरिएको थियो ।

संसदीय सुनुवाइका क्रममा प्रस्तावित राजदूत थापाले जापानको पीआर त्यागिसकेको स्पष्टीकरण दिएका थिए । तर संविधानको धारा २९१ को व्यवस्था र पीआर त्यागेको अवधिको विषयमा सांसदहरूले सुनुवाइकै क्रममा प्रश्न उठाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?