+
+
Shares

बडीमालिकामा मृत फेला परेका युवकको शव हेलिकप्टरमार्फत उद्धार

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक १६ गते १७:०२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बाजुराको बडीमालिकामा भारी हिमपातपछि सम्पर्कविहीन कञ्चनपुरका २० वर्षीय मनिष बोहराको शव सोमबार हेलिकप्टरमार्फत मार्तडी ल्याइयो।
  • आइतबार त्रिवेणी पाटन नजिकै मृत फेला परेका बोहराको शव जिल्ला अस्पतालमा पोष्टमार्टमका लागि लगिएको छ।
  • हिमपातपछि बडीमालिकामा अलपत्र परेका कञ्चनपुरका २१ वर्षीय सागर कार्कीलाई पनि शनिबार हेलिकप्टरमार्फत मार्तडी ल्याइएको थियो।

१६ कात्तिक, बाजुर । बाजुराको बडीमालिकामा ज्यान गुमाएका युवकको शव हेलिकप्टरमार्फत उद्धार गरिएको छ । कञ्चरनपुरको बेदकोट नगरपालिकाको दैजी घर भएका २० वर्षका मनिष बोहराको शव सोमबार नेपाली सेनाको हेलिकप्टरमार्फत सदरमुकाम मार्तडी ल्याएको हो ।

बडीमालिकामा भारी हिमपातपछि गत शुक्रवारदेखि सम्पर्कविहीन भएका बोहरा आइतबार दिउँसो त्रिवेणी पाटन नजिकै मृत अवस्थामा फेला परेका थिए ।

जिल्ला प्रहरी कार्यालय प्रमुख (डीएसपी) शैलेश्वरी बोहराकाअनुसार मृतक बोहराको शव उद्धार गरी पोष्ट मार्टमका लागि जिल्ला अस्पताल लगिएको छ । बडीमालिका माताको दर्शनसँगै घुम्न गएका बोहरा सम्पर्कविहीन भएपछि आइतबार बिहान नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली खोजी कार्यका लागि खटिएको थियो ।

चार हजार दुई सय मिटर उचाइमा अवस्थित बडीमालिकामा हिमपातपछि अत्याधिक चिसाको कारण लेक लागेर ज्यान गएको हुन सक्ने प्रहरीको अनुमान छ । उद्धारका लागि हेलिकप्टर मार्फत २ जना नेपाल प्रहरी र २ जना सशस्त्र प्रहरीलाइ त्रिवेणी छोडेको थियो । उनिहरुले आइतवार शब फेला पारेका थिए । हेलिकप्टर आउन ढिलाइले सोमबार मात्र उद्धार भएको थियो ।

यस्तै, यसअघि हिमपातपछि बडीमालिकास्थित त्रिवेणी पाटनमा अलपत्र परेका कञ्चनपुरको कृष्णपुर नगरपालिका—२ बस्ने २१ वर्षका सागर कार्कीको शनिवार दिउँसो हेलिकप्टरमार्फत उद्धार गरी मार्तडी ल्याइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?