+
+
Shares

कांग्रेस केन्द्रीय कार्यसमितिको विवरण अद्यावधिकका लागि आयोगमा बुझाइयो

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक १६ गते १७:२३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको विवरण अद्यावधिकका लागि महामन्त्री प्रदीप पौडेलसहितको टोली सोमबार निर्वाचन आयोग गएको छ।
  • पौडेलले आयोगका सचिव कृष्णप्रसाद काप्रीलाई राजनीतिक दलसम्बन्धी ऐनको दफा ५१ अनुसार केन्द्रीय कार्यसमितिको विवरण बुझाएका छन्।
  • पार्टीको विधान संशोधनसम्बन्धी विवरण, समसामयिक राजनीतिक दस्तावेज र महाधिवेशनका निर्णय पनि आयोगमा बुझाइएको छ।

१३ कात्तिक, काठमाडौं । नेपाली कांग्रेस १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको विवरण अद्यावधिकका लागि निर्वाचन आयोग गएको छ ।

मंसिर अन्तिम साता सम्पन्न महाधिवेशनबाट निर्वाचन केन्द्रीय कार्यसमितिको विवरण अद्यावधिकका लागि महामन्त्री प्रदीप पौडेलसहितको टोली सोमबार निर्वाचन आयोग गएको हो ।

महामन्त्री पौडेलले आयोगका सचिव कृष्णप्रसाद काप्रीलाई राजनीतिक दल सम्बन्धी ऐनको दफा ५१ अनुसार केन्द्रीय कार्यसमितिको विवरण  बुझाएका छन् ।

उक्त विवरणसँगै पार्टीको विधान संशोधनसम्बन्धी विवरण, महाधिवेशनबाट पारित समसामयिक राजनीतिक दस्तावेज र महाधिवेशनको निर्णय पनि बुझाइएको छ ।

गत बिहीबार शपथ ग्रहण समारोहपछि बसेको केन्द्रीय कार्यसमिति बैठकले महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको विवरण अद्यावधिकको जिम्मा कार्यवाहक मुख्य सचिव दुलाललाई दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?