News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल बार एशोसिएसनले इनम सापकोटाको ह्वाट्सएप म्यासेज प्रकरणमा नाम मुछिएका न्यायाधीशबारे तथ्य संकलन गर्न छ सदस्यीय समिति गठन गरेको छ।
- पूर्वअध्यक्ष चण्डेश्वर श्रेष्ठको संयोजकत्वमा गठित समितिमा पूर्णमान शाक्य, उषा मल्ल पाठक, सुरेन्द्रकुमार महतो, चन्द्रप्रसाद काफ्ले र बाबुराम अर्याल छन्।
- समितिलाई एक महिनाभित्र २५ मंसिरमा धनगढीमा हुने केन्द्रीय कार्यकारिणी परिषद्को बैठकअघि प्रतिवेदन बुझाउने समय दिइएको छ।
१६ कात्तिक, काठमाडौं । नेपाल बार एशोसिएसनले इनम सापकोटाको ह्वाट्सएप म्यासेज प्रकरणमा नाम मुछिएका न्यायाधीशहरूबारे तथ्य संकलन गरी प्रतिवेदन तयार गर्न समिति गठन गरेको छ ।
एशोसियसनले पूर्वअध्यक्ष चण्डेश्वर श्रेष्ठको संयोजकत्वमा छ सदस्यिय समिति गठन गरेको हो ।
समितिमा वरिष्ठ अधिवक्ताहरू पूर्णमान शाक्य, उषा मल्ल पाठक, सुरेन्द्रकुमार महतो, चन्द्रप्रसाद काफ्ले र अधिवक्ता बाबुराम अर्याल छन् ।
बार सदस्य अर्याललाई सदस्य सचिवको जिम्मेवारी पनि दिइएको छ ।
एक महिनाको समयसीमा पाएको समितिले २५ मंसिरमा धनगढीमा केन्द्रीय कार्यकारिणी परिषदको बैठक हुनुअघि प्रतिवेदन बुझाउनेछ ।
प्रतिक्रिया 4