+
+
Shares

उमा भुजेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी नेकपामा समाहित हुने, आज पेरिसडाँडामा एकता घोषणा

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक १७ गते ८:४१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • उमा भुजेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुने भएको छ।
  • दुवै पार्टीले मंगलबार दिउँसो १ बजे कोटेश्वरस्थित नेकपाको केन्द्रीय कार्यालय पेरिसडाँडामा एकता घोषणा गर्ने कार्यक्रम छ।
  • भुजेल नेतृत्वको राष्ट्रिय भेलाले १०५ सदस्यीय केन्द्रीय समिति गठन गरेको थियो।

१७ कात्तिक, काठमाडौं । उमा भुजेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा समाहित हुने भएको छ।

दुवै पार्टीबीच मंगलबार दिउँसो १ बजे कोटेश्वरस्थित नेकपाको केन्द्रीय कार्यालय पेरिसडाँडामा एकता घोषणा गर्ने कार्यक्रम छ।

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबाट विद्रोह गरी उमा भुजेलको नेतृत्वमा राष्ट्रिय भेला आयोजना गरिएको थियो । उक्त भेलाले भुजेलको नेतृत्वमा १०५ सदस्यीय केन्द्रीय समिति गठन गरेको थियो।

कम्युनिस्ट आन्दोलनमा एकता, सहकार्य र ध्रुवीकरणको प्रक्रियालाई अगाडि बढाउने उद्देश्यसहित हुन लागेको यस एकताले दुई पार्टीका नेता तथा कार्यकर्तालाई एउटै राजनीतिक संगठनमा समेट्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?