+
+
Shares

शारदा नगरपालिकाले सुरु गर्‍यो रोजगार बैंक

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक १७ गते ९:२०

१७ कात्तिक, सल्यान । सल्यानको शारदा नगरपालिकाले सिपयुक्त तथा जाँगरिला युवालाई श्रम बजारसँग जोड्ने उद्देश्यले ‘रोजगार बैंक’ सञ्चालनमा ल्याएको छ।

नगरपालिकाले दक्ष, अर्धदक्ष तथा साधारण सीप भएका युवाको विवरण संकलन गरी रोजगारीका अवसरसँग जोड्ने लक्ष्य राखेको छ।

रोजगार बैंकमार्फत विशेषगरी नगरपालिकाभित्रै आवश्यक जनशक्तिको व्यवस्थापन गर्दै स्थानीय स्तरमै रोजगारी सिर्जना गर्ने योजना रहेको नगर प्रमुख प्रकाश भण्डारीले बताए।

नगरपालिकाभित्र जनशक्ति आवश्यक परेमा रोजगार बैंकमा सूचीकृत व्यक्तिमार्फत व्यवस्थापन गरिने र त्यसपछि देशभरका विभिन्न स्थानीय तह तथा निजी कार्यालयसँगै वैदेशिक रोजगारीका अवसरका लागि समेत समन्वय गरिने उनले जानकारी दिए।

‘शारदा नगरपालिकाका सम्पूर्ण सीपयुक्त तथा जाँगरिला युवाहरूलाई श्रम बजारसँग जोड्ने उद्देश्यका साथ रोजगार बैंक सञ्चालनमा ल्याएका छौँ। तपाईं जुनसुकै क्षेत्रको दक्ष, अर्धदक्ष वा साधारण सीपयुक्त हुनुहुन्छ भने आजै नगरपालिकाको रोजगार शाखा वा सम्बन्धित वडा कार्यालयमा सम्पर्क गरी आफ्नो विवरण दर्ता गराउन सक्नुहुनेछ,’ उनले भने ।

नगरपालिकाले पालिकाको रोजगार शाखा तथा नजिकैको वडा कार्यालयमा पुगेर रोजगार बैंकमा आफ्नो सीप, क्षमता र अनुभवअनुसारको विवरण दर्ता गराउन सम्पूर्ण नगरवासीलाई आग्रह गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?