+
+
Shares

८०० करोड क्लबमा प्रवेश गर्ने पहिलो तमिल फिल्म बन्यो जेलर २

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक १७ गते ११:४५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रजनीकान्त अभिनित फिल्म जेलर २ ले विश्वभर ८०८ करोड भारु ग्रस कलेक्सन गर्दै पहिलो तमिल फिल्म बनेर ८०० करोड क्लबमा प्रवेश गरेको छ।
  • फिल्मले भारतमा ४५६ करोड भारु कमाउँदै घरेलु बजारमा ४५० करोडभन्दा बढी कमाउने एक मात्र तमिल फिल्मको कीर्तिमान बनाएको छ।
  • जेलर २ ले आमिर खानको पीके र विक्की कौशलको छावाको लाइफटाइम कलेक्शनलाई पनि पछि पारेको छ।

काठमाडौं । साउथ सुपरस्टार रजनीकान्त अभिनित एक्सन कमेडी फिल्म जेलर २ ले बक्स अफिसमा नयाँ इतिहास रचेको छ । विश्वभरबाट ८०० करोड भारु ग्रस कलेक्सन गर्ने यो पहिलो तमिल फिल्म बनेको छ।

यसले आफ्नो पहिलो सातामा करिब ४०० करोड भारु कमाएको थियो । यसरी तमिल सिनेमाको इतिहासकै सबैभन्दा ठूलो ओपनिङ गर्ने कीर्तिमान बनाएको जेलर २ को कमाइ तेस्रो सातासम्म पनि आक्रामक नै छ ।

फिल्मले प्रदर्शनको १८औं दिनमा भारतबाट मात्रै साढे ११ करोड भारु कमाएको छ । यससँगै तेस्रो विकेन्डमा २६ करोड थप्दै फिल्मको कुल भारतीय डोमेस्टिक कलेक्सन ४५६ करोड पुगेको छ ।

यससँगै जेलर २ भारतभित्र ४५० करोड भन्दा बढी कमाउने एक मात्र तमिल फिल्म बनेको छ । साथै तमिलनाडु, केरला, कर्नाटक र आन्ध्र प्रदेश तेलङ्गाना राज्यहरूबाट कम्तीमा ६० करोड कमाउने यो पहिलो तमिल फिल्म बनेको छ ।

विदेशमा २५० करोड बढीको व्यापार

दक्षिणपूर्वी एसिया, मध्यपूर्व र उत्तर अमेरिकामा सुपरस्टार रजनीकान्तको दबदबाका कारण फिल्मले ओभरसिज बजारमा पनि उत्कृष्ट प्रदर्शन गरिरहेको छ । बक्स अफिस रिपोर्टअनुसार फिल्मले विदेशबाट मात्रै करिब २४० करोड भारुभन्दा बढी सङ्कलन गरेको छ ।

यससँगै फिल्मको कुल वर्ल्डवाइड ग्रस कलेक्शन ८०८ करोड भारु पुगेको हो ।

पीके र छावाको रेकर्ड तोडियो

८०० करोड क्लबमा प्रवेश गरेसँगै जेलर २ ले बलिउडका दुई ठूला सुपरहिट फिल्महरूको लाइभटाइम कलेक्शनलाई समेत पछाडि पारेको छ । फिल्मले आमिर खानको पीके (७६९ करोड भारु) र विक्की कौशलको छावा (८०७ करोड भारु) को कुल कमाइलाई उछिनेको छ ।

बिहीबारदेखि रणवीर कपूर र यश अभिनित बहुप्रतीक्षित फिल्म रामायण हलमा लाग्दैछ । यसका कारण जेलर २ को सङ्कलनमा केही गिरावट आउने अनुमान गरिएको छ । यद्यपि, यही रफ्तार कायम रहे फिल्मले आफ्नो प्रदर्शन अवधिभरमा सहजै ८५० करोड भारु ग्रस गर्ने सिनेमा विश्लेषकहरूको भनाइ छ ।

यदि ८५० करोड छुन सफल भए यसले कान्तारा: च्याप्टर १ र स्त्री २ को लाइभटाइम कलेक्शनलाई पनि पछि पार्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?