+
+
Shares

धनगढीमा माटोको ढिस्कोले पुरिएर महिलाको मृत्यु

धनगढीमा माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक १७ गते १४:४१

१७ कात्तिक, धनगढी । धनगढीमा माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु भएको छ ।

धनगढी उपमहानगरपालिका–१६ भादास्थित गणेश सामुदायिक वनमा घर पोत्नका लागि माटो लिन गएकी स्थानीय ३९ वर्षीया कवितादेवी चौधरीको ढिस्कोले पुरिएर मृत्यु भएको हो ।

सोमबार साँझ करिब ५ बजे माटो खन्ने क्रममा एक्कासी ढिस्को खस्दा उनी पुरिएर घाइते भएकी थिइन् । उनलाई उपचारका लागि नवजीवन अस्पताल धनगढी ल्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?