+
+
Shares

निजी र सार्वजनिक लगानी सन्तुलित रूपमा अगाडि बढाउनुपर्छ : उपाध्यक्ष भट्ट

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक १७ गते १५:२८

१७ कात्तिक, काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष गुणाकर भट्टले निजी र सार्वजनिक लगानीलाई सन्तुलित रूपमा अगाडि बढाउनुपर्ने बताएका छन् ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले मंगलबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उपाध्यक्ष भट्टले आर्थिक प्रतिफल, सामाजिक प्रतिफल र वातावरणीय जोखिमलाई मुल्यांकन गर्दै निजी र सार्वजनिक लगानीलाई सन्तुलित रूपमा अगाडि बढाउनुपर्ने बताएका हुन् ।

उनले नेपालको सन्दर्भमा भइरहेको विकासको केन्द्रीकरणलाई विकेन्द्रीकृत गर्नेगरि सार्वजनिक लगानी केन्द्रीत हुनुपर्नेमा जोड दिए ।

सरकारले निजी क्षेत्रको लगानी आकर्षित हुन नसकेका क्षेत्रमा पूर्वाधार तथा अन्य आवश्यक सुविधा उपलब्ध लगानीको वातावरण सिर्जना गर्नुपर्ने उपाध्यक्ष भट्टको भनाइ छ ।

उनले एउटै नदीमा आधारित धेरै हाइड्रोपावर हुँदा कुनै बाढी वा विपद आउँदा त्यसको क्षति अत्यधिक हुने हुनसक्ने देखिएकाले त्यस्ता अवस्थाप्रति पनि सजक हुनुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?