+
+
Shares

समाजलाई अति दलीयकरणबाट मुक्त गरौं : सचेतक परियार

रासस रासस
२०८३ कात्तिक १७ गते १६:२१

१७ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलका सचेतक प्रकाशचन्द्र परियारले समाजलाई अति दलीयकरणबाट मुक्त गर्न आग्रह गर्दै यस कार्यमा समाजिक सङ्घसंस्थाको भूमिका अहम हुने बताएका छन् ।

आज सुनसरीमा तरहरा जेसीस सप्ताहको उद्घाटन गर्दै उनले सबैतिर राजनीतिकरण एवं दलीयकरणको दबदबाले अपेक्षति सामाजिक विकास हुन नसकेको औँल्याए ।

अहिलेको समाज विस्तारै दलीयकरणतर्फ धकेलिइरहेको बताउँदै उनले मुलुकको युवा बर्गलाई सामाजिक विकास, उद्यमशीलता र राष्ट्रको हर क्षेत्रको नेतृत्वदायी भूमिकामा लाग्न प्रेरित गर्नुपर्नेमा जोड दिए ।

‘समाज अति दलीयकरणको मारमा परेको छ, कम्तिमा पनि सामाजिक पछ्यौटेपनका विरुद्धमा लागिरहेका अगुवा सङ्घसंस्थाले आफूलाई यस्तो छाँयाबाट परै राख्न सकेमा समाजको गतीशीलता अझ बढ्दै जान्छ,’ उनले भने, ‘मुलुकको बृहत्तर हितका लागि यो अब आवश्यक भइसकेको छ ।’

सचेतक परियारले मुलुकको युवा बर्गलाई आफ्ना योग्यता र क्षमताअनुसार उद्यमशीलता र सिर्जनशीलताको अभियानमा लाग्न पनि आग्रह गरे ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?