+
+
Shares

कर्णालीका मुख्यमन्त्री र इजरायली राजदूतबीच भेटवार्ता

कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाही र नेपालका लागि इजरायली राजदूत स्मुलिक अरियल बासबीच आज शिष्टाचार भेटवार्ता भएको छ ।

रासस रासस
२०८३ कात्तिक १७ गते २०:२०

१७ कात्तिक, कर्णाली । ७ कात्तिक: कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाही र नेपालका लागि इजरायली राजदूत स्मुलिक अरियल बासबीच आज शिष्टाचार भेटवार्ता भएको छ ।

भेटका अवसरमा दुई देशबीचको ऐतिहासिक तथा कुटनीतिक सम्बन्ध स्मरण गर्दै कर्णाली प्रदेशको समग्र विकास, आधुनिक कृषि प्रणाली तथा प्रविधि हस्तान्तरणका विषयमा गहन छलफल भएको मुख्यमन्त्री शाहीले बताए ।

उनका अनुसार छलफलमा इजरायलले कृषि क्षेत्रमा हाँसिल गरेको प्रविधिलाई कर्णालीको भौगोलिक परिवेश अनुकूल प्रयोगमा ल्याउने, सिक्दै सिकाउँदै कार्यक्रममार्फत कर्णालीका युवालाई थप अवसर प्रदान गर्ने र त्यहाँ फर्किएका जनशक्तिको सीपलाई प्रदेशको कृषि रुपान्तरणमा सदुपयोग गर्ने विषयमा कुराकानी भएको थियो ।

भेटका क्रममा राजदूत बासले कर्णाली प्रदेशको कृषि, खानेपानी, प्रविधि हस्तान्तरण तथा क्षमता विकासका क्षेत्रमा सहयोग र साझेदारी विस्तार गर्न आफू सदैव सकारात्मक रहेको धारणा व्यक्त गरे ।

साथै उक्त भेटमा सरकारी प्रणालीमार्फत, इजरायलमा केयरगिभरको रोजगारीको अवसर, जनस्तरको सम्बन्ध विस्तार, विपद् व्यवस्थापन तथा जलवायु परिवर्तनका असर न्यूनीकरणमा प्रविधि आदानप्रदानका सम्भावनाबारे समेत विमर्श भएको थियो ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?